×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा हुँदा अन्य सूचक कस्ता ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा हुँदा अन्य सूचक कस्ता ?

Artha Sarokar

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत वर्षकाभन्दा २.१४% प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि ५७.७२% ले घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३१.८७% ले बढ्दा सञ्चालन नाफा भने ०.५४% ले घटेको छ । यसको खराब कर्जा २.०४% ले घटेर ०.२६% मा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसा बार्षिक कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी