काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेकाले सोमबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ४०% बोनस सेयर र शून्य दशमलव ५% नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ ६ गते साधारणसभा बोलाएको छ । कम्पनीको सभा क्रिक रिर्सोट धादिङबेशी, धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।