×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल एसबिआई बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित !

Artha Sarokar

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा त्रिभुवनआर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सानहिसाब र सोही अवधीको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीमा ५.३१ प्रतिशतका दरले लाभांश (३.५०%बोनश शेयर र १.८१%नगद लाभांश)वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । उक्त सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ ” को आर्थिक वर्ष २०७/७८ को वित्तीय विवरणसहितको एकीकृत (Consolidated)वित्तीय विवरणसमेत स्वीकृत गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७८/७९मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सएस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखा परीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्ध पत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वाप्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी