Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत, कसको कति कित्ता ?

अर्थ सरोकार

काठमाडौं । नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कुमारी बैंकको ८३ लाख २७ हजार ८४.९० कित्ता र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब यी दुवै कम्पनीको सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताहरुले खरिद-बिक्री गर्न पाउनेछन् । बैंकले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ६% बोनस सेयर सूचिकृत गराएको हो भने लघुवित्तले मंसिर १० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २०%  बोनस सेयर सूचिकृत गराएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK