×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको ४०औं वार्षिक साधारणसभा बिहिबार, १६६.६७% लाभांश वितरण गर्ने मुख्य एजेन्डा पारित गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेको ४०औं वार्षिक साधारणसभा बिहिबार, १६६.६७% लाभांश वितरण गर्ने मुख्य एजेन्डा पारित गरिने

२९ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ४०औं वार्षिक साधारणसभा आज बिहिबार हुँदैछ । सभा नेपाल स्टक एक्सचेन्ज युएनआई शान्तिमार्ग काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा नेप्सेले हाल कायम चुक्ता पूँजीबाट ६६.६७% बोनस र कर प्रयोजनसहित १००% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्नको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमाली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी