काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड २५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५.८५% ले घटेको हो । गत वर्ष भने ७ करोड ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी १०.२२% ले बढेपनि सञ्चालन नाफामा ५.४०% गिरावट आउँदा खुद नाफा पनि घटेको हो ।
यस्तै एनएमबि लघुवित्तको चुक्ता पुँजी २१.५०% ले बढेर ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा पनि २८.८१% पनि सुधार हुँदै ३१ करोड ३३ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ । खुद नाफसँगै प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ४० पैसाले घटेको छ । हाल यसको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७८ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्