काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको ९औं वार्षिक साधारणसभा पनि भोलि सोमबार (पुस २६ गते) हुने भएको छ । कम्पनीको सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
साथै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहेको छ । सभाका लागि कम्पनीले पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले पुस ८ गतेसम्म मात्र कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।