×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्त वित्तीय संस्थाको ९औं वार्षिक साधारणसभा सोमबार हुँदै, २२.६३% लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि लघुवित्त वित्तीय संस्थाको ९औं वार्षिक साधारणसभा सोमबार हुँदै, २२.६३% लाभांश पारित गरिने

Artha Sarokar

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको ९औं वार्षिक साधारणसभा पनि आज सोमबार (पुस २६ गते) हुँदैछ । कम्पनीको सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
साथै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहेको छ । सभाका लागि कम्पनीले पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले पुस ८ गतेसम्म मात्र कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी