काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते बिहिबार साधारणसभा हुने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १६.५०% बोनस सेयर र कर प्रयोजनसहित २.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीले साधारणसभा र लाभांश वितरणका लागि बुधबार पुस १४ गते बुक क्लोज गरेको छ ।