Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानी प्रधानमन्त्रीले अर्थतन्त्रको असफलता लुकाउने रणनीति अपनाएको विपक्षी नेताको आरोप

अर्थ सरोकार

इस्लामावदा । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको मदिनाबाट सिक्ने पाठसम्बन्धी धार्मिक लेख प्रमुख समाचारपत्रहरूमा प्रकाशित भएपछि पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले खानले बारम्बार रियासत ए मदिनाबाट जनताको ध्यानाकर्षण गर्न खोजेको बताएका छन्।

मुलुक आर्थिक संकटबाट गुज्रीरहेको अवस्थामा पाकिस्तानी प्रधानमन्त्री खानले धार्मिक लेख लेखेर मानिसहरुको ध्यान भड्काउन खोजेको आरोप जरदारीले लगाएको छन्। प्रधानमन्त्री खानले आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्र संकटमा पुर्याएको र मुलुकमो आर्थिक नीति असफल भएको गल्तीलाई लुकाउनका लागि नयाँ मुद्दाको उठान गरेको बताएका छन्।

पाकिस्तानी विपक्षी नेता जरदारीले इस्लामको कडा ब्याख्या अफगानिस्तानमा भइरहेको समयमा खानले त्यसलाई बल पुग्ने गरी लेखे प्रकाशित गरेको बताएका हुन्। मानिसहरुको ध्यान मोड्नका लागि उक्त लेख प्रकाशित गरेको उनले बताएका छन्।

उनले मुलुकको अर्थतन्त्र संकटमा परेर नागरिकका लागि दैनिक उपभोग्य सामग्री किन्नसक्ने पनि हैसियत नभइरहेको अवस्थामा सरकारले रियासतको कुरा गरेर गरिबहरुलाई गिज्याइरहेको आरोपसमेत लगाएका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK