Skip to content
LAXMI SUNRISE BANK

प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई ११.५८% लाभांश दिने, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई ११.५८% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । यसअघि कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK