काठमाडौं । आज बिहिबार नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो । दुवै कम्पनीले साधारणसभा तथा लाभांशको लागि आज बुक क्लोज गरेका छन् ।
नेप्सेले गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको समायोजनपछिको भाउ ४५४ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ भने श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ४४१ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ । नेप्सेले गुहेश्वरीको १०% बोनस सेयरमा भाउ समायोजन गरेको हो भने श्री इन्भेष्टमेन्टको ७.७०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो ।