काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको खुद नाफा ६.५६% ले घटेर ४ करोड ८९ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ ।
खुद ब्याज आम्दानी १८.७९% ले बढेर ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ६.७९% ले घटेर ६ करोड ९६ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा छ ।