काठमाडौं । नेप्सेमा आज आइतबार ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार सिद्धार्थ बैंक, आरएमडीसी लघुवित्त, सेन्ट्रल फाइनान्स र आँधिखोला लघुवित्तको सेयर मूल्य समायोजन भएको हो । यी ४ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका छन् ।
नेप्सेले सिद्धार्थ बैंकको समायोजनपछिको भाउ ४०६ रुपैयाँ १३ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १४.२५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । यस्तै आरएमडीसी लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ ११ सय ४३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । नेप्सेले यस कम्पनीको २०५ बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
यता सेन्ट्रल फाइनान्सको बोनस सेयर समायोजनपछिको भाउ ३८२ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ । नेप्सेले यसको ७.७०% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । आँधिखोला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर समायोजनपछिको भाउ ३९० रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । यसको १९% बोनस सेयरपछिको भाउ समायोजन भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्