Skip to content
LAXMI SUNRISE BANK

सिमामा अवरोध हटाउन चीनलाई भियतनामको आग्रह

अर्थ सरोकार

भियतनाम । भियतनामको व्यापार मन्त्रालयले चीनको गुआङ्सीका अधिकारीहरूलाई सीमा क्रसिङहरूमा अबरोध हटाउन तत्काल कदम चाल्न आग्रह गरेको छ । चीनले छिमेकीहरूसँगको सीमा नियन्त्रण गरी शून्य COVID-19 नीतिहरू पछ्याउदा सिमामा समस्या देखिएको हो।

राज्यद्धारा सञ्चालित भियतनाम समाचार एजेन्सी (VNA) का तस्बिर र भिडियो फुटेजले गुआङ्सी प्रान्तमा आयातित COVID-19 मामिलाहरू फेला परेको रिपोर्ट पछि सीमामा हजारौं ट्रकहरू रोकिएको देखिन्छ । यस अवरोधले द्विपक्षीय व्यापारमा नकारात्मक असर पारेको छ र दुवैतर्फका व्यवसाय र जनतालाई ठूलो नोक्सान पुगेको छ।

चीन भियतनामको सबैभन्दा ठूलो व्यापार साझेदार हो र फलफूल तथा तरकारीहरूको लागि सबैभन्दा ठूलो बजार हो ।

सन् २०२१ को पहिलो ११ महिनामा दुई देशबीचको कृषि उत्पादनको व्यापार कारोबार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले बढेर ११.३ बिलियन अमेरिकी डलर पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । तर हाल आएर दुईपक्षीय व्यापारमा पुनः समस्या सुरू भएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK