×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न दुई व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न दुई व्यक्ति पक्राउ

Artha Sarokar

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रहरीले सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न दुई व्यक्ति पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरेको हो ।

१५ निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफूखुसी सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेको  भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

निक्षेपकर्ताले भुक्तानी फिर्ता माग्दा उनीहरु सहकारी संस्थामा ताला लगाई फरार भएका थिए । उनिहरु दुवैलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरिरहेको व्युरोले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी