×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कच्चा पदार्थको अभावमा राडीपाखी उद्योग बन्द, जनजीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कच्चा पदार्थको अभावमा राडीपाखी उद्योग बन्द, जनजीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा

Artha Sarokar

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला। कच्चा पदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हँुदै आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ सङ्कलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको हो । विगत दुई वर्षदेखि उद्योगको काम ठप्प छ । जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ तर जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो हुन्छ । चीनबाट आउने ऊन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उहाँको भनाइ थियो ।
“माग अत्यधिक छ । कच्चापदार्थ सङ्कलन हुन सकेको छैन । उद्योग नचल्दा घाटा बेहोर्नु परिरहेको छ । चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग सङ्कटमा परेको सञ्चालक तामाङले जानकारी दिनुभयो । चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन । पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन अभाव हुँदै गइरहेको र गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ । चीनको नाका खुलाएर चाँडो कच्चापदार्थ ल्याउने वातावरण बनाइदिन सरकारलाई उहाँले अनुरोध गर्नुभएको थियो । चन्दननाथ नगरपालिका–२ निवासी तामाङले राडीपाखी बेचेरै वार्षिक रु पाँच लाख आम्दानी गर्दै आइरहनुभएको थियो। वर्षमा कच्चापदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी रु १५/२० लाखको कारोबार हुने गरेको थियो । रु पाँच लाख ऊनलाई लाग्थ्यो । सरकारी अनुदानका नाममा आर्थिक वर्ष २०७५/७६ मा पशु सेवा कार्यालयबाट साढे तीन लाख मात्रै पाउनुभएकी कुन्जाङले अहिलेसम्म कतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो ।
महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्थ्यो । यसैबाट घर खर्च चलेको थियो, माग दैनिक बढ्दै गए पनि कच्चापदार्थ नहुँदा समस्या भएको छ । नियमित पाँच र ज्यालादारीमा १०–१२ जनासम्मलाई उहाँले रोजगारी दिनुभएको थियो । ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाएबापत दुई हजार र राडीपाखी बुनेबापत दुई हजार ५०० दिने गरिएको थियो । सो उद्योगमा सरकारी अधिकारीदेखि जुम्ला भित्रिने अधिकांश आन्तरिक पर्यटकले समेत अवलोकन गर्ने आउने गरेका थिए । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी