×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाओसमा बोटेन भिएन्टियान उच्च गतिको रेलवे सञ्चालन, थाई व्यापारीहरू चिन्तित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाओसमा बोटेन भिएन्टियान उच्च गतिको रेलवे सञ्चालन, थाई व्यापारीहरू चिन्तित

Artha Sarokar

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाओस । लाओसमा बोटेन भिएन्टियान उच्च गतिको रेलवे सञ्चालन भएदेखि थाई व्यापारीहरू चिनियाँ सामान र कृषि उत्पादनको आगमनलाई लिएर चिन्तित हुँदै गएका छन् । थाइल्याण्डको सबैभन्दा ठूलो होलसेल ताजा बजार तालाद थाई बैंकक उपनगरमा, बिक्रेता प्रयत चारोएनले चीनसँगको लाओसको सिमानाबाट थाइल्यान्डको सीमासम्म पुग्ने रेलवे खोल्दादेखि नै चिनियाँ तरकारीहरूको असामान्य वृद्धि भएको बताएका छन् ।

उनले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै चिनियाँ तरकारीले थाईको उत्पादनलाई विस्थापन गरेको र जसका कारण यहाँका कृषकहरु संकटमा परेको उनले बताएका छन् । थाइल्याण्डको वर्षभरिको उष्णकटिबंधीय जलवायुका कारण चीनबाट आएका ब्रोकाउली, बन्दा र अन्य जाडोका उत्पादनहरू विगत एक दशकदेखि उनको पसलमा स्टेपल भएको भए पनि पछिल्लो महिनामा आयातको बृद्धिले थाई तरकारीको मूल्य घटेको छ । कोभिड १९ लगायतका धेरै मुद्दाहरूमा वर्षौंदेखि चीनका धेरै छिमेकीहरूसँगको सम्बन्ध बिग्रिएको छ। चीनले आफ्नो विस्तारवादी नीतिलाई विभिन्न चरणबाट अघि बढाउँदै लगिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी