×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मनपरी’ गर्ने कर्मचारी पदमै रहँदा कुमारी बैंक ‘रिस्क जोन’मा, ब्राण्डकै बाजी थापेर यी दुईलाई कसले च्याप्दैछ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘मनपरी’ गर्ने कर्मचारी पदमै रहँदा कुमारी बैंक ‘रिस्क जोन’मा, ब्राण्डकै बाजी थापेर यी दुईलाई कसले च्याप्दैछ ?

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा लगायतका डकुमेन्ट बनाई भू-माफियाहरुले सो किर्ते कागज देखाएर १९ करोड ऋण लिएको प्रकरणमा परेपछि बैंकका तत्कालीन कामु सीइओ अनुजमणि तिमिल्सीना र मनिष तिमिल्सीनाले बैंक छोडीसकेका छन् । बैंकको मेगासँग मर्जरको कुरा पनि अगाडी बढेको र यो किर्ते प्रकरणका कारण बैंक बदनाम भएको निष्कर्ष निकाल्दै बैंकले भीआरएस दिएर दुईलाई बैंकबाट बिदा गरेको थियो । उनीहरुले सो नक्कली जग्गा प्रकरणमा गलत गर्नेलाई सघाएको आरोप लागेको थियो । हुन पनि जग्गा किर्ते छ भन्ने जान्दाजान्दै ऋण दिएको आरोप थियो उनीहरुलाई । अहिले दुईले बैंक छोडेपछि बैंकलाई हेर्ने नजर विस्तारै सकारात्मक हुँदैछ । तर यो प्रकरणमा मनपरी गर्ने र गलत काम गर्ने दुई बैंकर पदमै हुँदा बैंक अझै रिस्क जोनमै रहेको भन्दै कुमारी बैंकभित्रै यसको विरोध र चर्चा हुन थालेको छ ।

बिकास खनाल र भुषण तन्डुकारका कारण बैंकनै जोखिममा !
अहिले बैंकमा सीइओ छैनन् । हुन्न पनि केहि नभन्ने, गर्न पनि केहि नगर्ने प्रवृतिका, रामचन्द्र खनाल अहिले बैंकमा कामु सीइओ छन् । र बैंकमा अझै कार्यरत छन् किर्ते काण्डमा मुछिएका दुई बैंकर बिकास खनाल र भुषण तन्डुकार । जसका कारण समग्र बैंकनै रिस्कमा रहेको विश्लेषण हुन थालेको छ । स्पष्ट गलत काम गरेका दुई बैंकमै रहनु, बैंकमा गतिलो नेतृत्व नहुनु र थर्डम्यानसम्म ठिक्क हुन व्यक्तिलाई कामु सीइओको जिम्मा दिनुले बैंक जोखिममा परेको तर्क बैंकभित्रैबाट उठ्न थालेको छ । यसो त संचालकहरुले यहि बुझेर अहिले कुमारी बैंकसँग मर्जरका लागि मरिहत्ते गरिरहेको स्वयम् बैंककै संचालकहरुसमेत स्वीकार्छन् ।
बिकास खनाल र भुषण तन्डुकारका कारण बैंक कसरी रिस्कमा छ त ? यो बुझ्न योगेश्वर अमात्यको जग्गा काण्डको नालेबेली खोतलौं । नक्कली कागजका आधारमा बैंकले करोडौंको ऋण दिएको थियो । नक्कली कागज उपर ऋण दिइएको यो किर्ते कागजको बन्डल कोहि एकलेमात्र हेरेर फाइल सदर गरिएको छैन । यो कर्जा प्रवाह प्रकरणमा अधिकांस डकुमेन्टहरु नक्कली छन् । यो ऋण दिंदा बैंकका अनेक तहमा यो फाइल पुगेको छ । रिस्क विभागले रिस्कबारे हेरेको छ भने क्रेडिटले पनि फाइलबारे विवरण हेरेको छ । रिस्क विभागका प्रमुख एवम् बैंकका सहायक महाप्रबन्धक बिकाश खनालले यो फाइल हेरेका छन् । सीआइबीले संकलन गरेको कागजातअनुसार उनले पनि सो फाइलमा हस्ताक्षर गरेका छन् । त्यस्तै क्रेडिट विभागका प्रमुख एवम् बैंकका प्रबन्धक भुसण तन्डुकार, बैंककै प्रबन्धक तथा बागमती प्रदेश प्रमुख प्रविन झाले पनि यो फाइललाई सदर गरेका छन् ।

यो प्रक्ररणमा १९ करोडको कर्जा प्रवाह हुँदा १२ विघा जग्गा धितोमा राखिएको छ । तर जहाँको जग्गा धितोमा राखिएको छ, सो ठाउँमा जग्गाको हदबन्दी नै ११ विघाको छ । अर्थात ११ विघा भन्दा बढी जग्गा नै कसैले राख्न पाउँदैन । हदबन्दी भन्दा बढी जग्गा कोहि एक कम्पनीका नाममा राखिएकै कारण सो १२ बिघा जग्गा हदबन्दीभन्दा बढी भएको भन्दै मालपोतमा पहिला नै रोक्का थियो । तर सो ठाउँमा ११ विघा जग्गाको हदबन्दी छ भन्ने थाहा पाउँदा पाउँदै बैंकले सो कर्जा सदर गरेको छ । अर्थात सो जग्गा सक्कली नै भएको भएपनि जग्गा कर्जा प्रवाहका लागि मालपोतमा रोक्का हुन सक्दैनथियो । तर बैंकले यो हदबन्दीको ‘क्लु’लाई बेमतलब गरेको छ । बैंक स्रोत भन्छ- ‘यसअघि हदबन्दीकै कारण कतिपय जग्गा रोक्का हुन नसक्दा धेरै फाइलहरु रोकिएका थिए । तर यो प्रकरणमा बैंकले यो हदबन्दीको केसलाई हेरेकै देखिएको छैन । बैंकमा तलदेखि माथिसम्म सबै मिलेमतो भएकै कारण यहाँ कसैले यो केस हेर्ने कुरा पनि भएन । हुन त सबै काम नक्कली थियो भन्ने सबैजसोलाई थाहा भएका कारण यो हदबन्दीको सामान्य कुरालाई हेरिराख्नुपर्ने कारण पनि कसैले देखेन । तर कसैले राम्रै तरिकाले सक्कल कागज बोकेर १२ बिघा जग्गा धितोमा राख्न आयो भने उसको मालपोतको रोक्का नभएकै कारण ऋण प्रवाह हुँदैन । मालपोतले रोक्का नै दियो भने पनि रिस्कले कानुन बाझियो भनेर फाइल रोकिदिने सम्भावना ठुलो हुन्छ । ‘

यता दुई बैंकर आफुहरुबाट गल्ती भएको पनि स्वीकार्छन् । अर्थ सरोकारसँगको कुराकानीमा उनीहरुले आफुहरुले काम गर्दागर्दै गल्ती भएको स्वीकारेका थिए । अव गल्ती गर्नेलाई कारवाही नहुँदा उनीहरुको मनोबल झन् बढेको छ बैंकमा । उनीहरु यसपाली यो किर्ते प्रकरणमा पनि जोगिए भने अरु केहि पर्यो भने पनि बैंकले जोगाईहाल्छ भन्ने निष्कर्षमा पुगेका कारण कुनै पनि बेला दुर्घटना हुन सक्ने बैंककै अन्य उच्च तहका कर्मचारीहरु बताउँछन् ।

गलत गर्ने दुई बैंकरलाई कसले च्याप्दैछ ?
अरु बैंकमा भए वा अनुजमणि तिमिल्सीनाले ठुलो दौडधुप गरेर यो केस सेटल नगरेको भए यी दुई बैंकर जेल जाने सम्भावना ठुलो थियो । धन्न उनीहरु जोगिए । तर कुमारीमा जोगिएपछि उनीहरुले नैतिक रुपमा भएपनि जागिर छोडेर बस्नुपर्थ्यो । वा नेतृवले पनि सीइओ र डेपुटी सीइओले छोडिसकेको अवस्थामा बैंकको रेपूटेसन् रिस्क कम गर्नका लागि पनि उनीहरुलाई बैंकबाट बिदा गर्नुपर्ने थियो । तर त्यसो भएन । अहिलेको नेतृत्वले यी गलत गर्ने दुई बैंकरलाई यसरी च्यापिरहेको छ कि मानौं, यी दुई भएन भने न नेतृत्व रहन्छ, न बैंक । यसले कतै यी दुई बैंकरसँग मिलेर बैंकको अहिलेको नेतृत्वले पनि अरु गलत काम त गरेको छैन ? भन्ने प्रश्न उब्जिने ठाउँहरु प्रशस्तै छन् ।
अहिले यी दुवै बैंकरहरु अर्थ सरोकारको फोन उठाउँदैनन् । यो समाचार तयार गर्दा पनि बिकास खनाललाई ३ पटक फोन गर्दासमेत उनले फोन उठाएनन् । हामीले यस प्रकरणमा उनको धारणा लिन उनलाई एसएमएस गर्दा पनि उनले कुनै पनि रेस्पोन्स गरेनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: