NABIL AD

कुमारी बैंक किर्ते काण्ड : के के डकुमेन्ट सक्कली थिए ? के के नक्कली ? कहाँ-कहाँ भयो किर्ते ? (पूरा विवरणसहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । तपाईंको नाममा भएको जग्गा कसैले नक्कली लालपुर्जा बनाएर बैंकमा अरुकै नाममा ऋण झिक्न सक्छ भन्ने कुरा तपाईंको कल्पनाबाहिरको कुरा हो । तर कुमारी बैंकमा घटेको एउटा त्यस्तै काण्ड अहिले सतहमा छ । गायक योगेश्वर अमात्यको जग्गा कुसन प्रधानसहितको टिमले नक्कली लाजपूर्जा बनाएर बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको खुलासा भएको छ । अहिले यो प्रकरणमाथि सीआइबीले अनुसन्धान गरिरहेको छ । तपाईं सोच्नुहुन्छ होला, सबै कागज नक्कली बनाउन सम्भव छ ? आउनुहोस्, यो प्रकरणलाई नजिकबाट नियालौं ।

१. नक्सा सक्कली थियो कि नक्कली ?

मुख्य कुरा त कर्जा लिने प्रक्रियामा होस्, वा नापजाँच गर्न, चाहियो नक्सा । यो प्रक्ररणमा नक्सा भने सक्कली नै प्रयोग भएको छ । अमात्यको नाममा रहेको जग्गाको कित्ता नम्बर २०६९ अनुसार नक्सा भ्यालुएटरलाई देखाइएको छ । त्यो जग्गाको नक्सा सम्बन्धित निकायमा हेरियो भने पनि सोहि नक्सा छ । योगेश्वर अमात्यको जग्गाको नक्सा कसरी अरुको हातमा पर्यो त ? उत्तर सहज छ । जग्गा दलालहरुले अनेकका यसरी नक्सा राखेका हुन्छन् । सम्बन्धित निकायमा कित्ता नम्बर टिपाएपछी नक्सा निस्कीहाल्छ । अरुको कित्ता नम्बरको जग्गा पनि सहजै पाइन्छ । अरुको कित्ता नम्बर भएको नक्सा दिएन भने मान्नुस्, नक्सा निकालिदिनेले ५०० रुपैयाँ घुस माग्यो । ५०० रुपैयाँ दिएपछी उसले मुसुमुसु मुस्कुराउँदै दिन्छ नक्सा ।

२. लालपूर्जा सक्कली थियो कि नक्कली ?

अव पालो रह्यो लालपूर्जाको । भ्यालुएटरले लालपूर्जा माग्छन् । लालपूर्जा यो प्रकरणमा नक्कली छ । कुसन प्रधानले लालपूर्जा नै नक्कली बनाइदिएर सो जग्गा अरु कसैको नाममा भएको देखाईदिएका छन् । अर्थात किर्ते लालपूर्जा खडा गरियो । प्रधान यसअघि पनि यस्ता धन्दा चलाउँथे भन्नेबारे सीआइबीले अनुसन्धान गरिरहेको छ । कुसनले यसअघि एउटा बोर्ड नभएको अफिस नै खोलेर ऋण मिलाईदिने काम गर्थ्य । उनी यस अघि सेन्चुरीमा पनि काम गरेका र अनुजमणिसँग पनि राम्रो सम्बन्ध भएका कारण कुमारी बैंकबाट पनि उनले ऋण आरुलाई पनि मिलाईदिन्थे । पूर्जामा प्रयोग भएका सरकारी छापसमेत किर्ते गरिएको छ । किर्ते नै गर्ने हो भने यो काम त्यति गाह्रो पनि छैन । सक्कली लालपूर्जाजस्तै देखिने ‘नक्कली लालपूर्जा’ २०० रुपैयाँमा पाइन्छ । छाप किर्ते बनाउन त पसलमा ५०-६० रुपैयाँमा बनाइदिइहाल्छ ।

लालपूर्जाको कित्ता नम्बर अनुसार नक्सा र फिल्ड ठिक छ । भनेपछि भ्यालुएटरले यो जग्गाको भ्यालुएसन सुरु गर्न कुनै समस्या भएन । हालको बजार मूल्य अनुसार झन्डै १ अर्व पर्ने सम्पत्तिको भ्यालुएटरले ‘फिक्स्ड फर्मुला’अनुसार ३८ करोड भ्यालुएसन गरे । सो भ्यालुएसन अनुसार बैंकले १९ करोड ऋण दिएको हो । लालपूर्जा र कित्ता नम्बर मिलेपछि र नक्सा पनि ठिक देखेपछी ऋणको प्रक्रिया सुरु भयो । ऋणीका डकुमेन्ट (नागरिकता आदी र कम्पनीका डकुमेन्ट) त सक्कल हुने नै भए ।

३. अनि मालपोतले थाहा पाएन ?

मालपोत गएको भए थाहा पाउनु । कुसन प्रधानले मालपोतका सबै डकुमेन्ट किर्ते बनाएका थिए । मालपोतमा जग्गा रोक्का गरिएको कागज पनि किर्ते हो । सबै किर्ते कागज बनाएर बैंकका मान्छेलाई सहि गराईयो । बैंकका सोनु ठाकुर मालपोत पुग्नुअघि नै माफियाहरुले ‘भित्रको काम सबै सकीसक्यौँ, यो सहि गरिदिनु भनेर दिए । अव यस्तो होला भन्ने ठाकुरलाई कसरी थाहा हुनु ? त्यसमाथि सीइओको मान्छेको फाइल । उनले तपाईंले ल्याएको डकुमेन्ट भित्रैबाट ल्याएको हो कि होइन ? भनेर सोध्ने कुरा पनि भएन । ठाकुर यहीं फसे । रोक्काको डकुमेन्ट पनि फेक बनाइएको थियो । यहाँ पनि डकुमेन्ट बनाउन चाहिने सबै छापहरु किर्ते छन् । मालपोतको हाकिमको हस्ताक्षर पनि किर्ते छ ।

४. भनेपछि जग्गा मालपोतमा रोक्का नै छैन ?

कहाँबाट हुनु ? छैन । मालपोतभित्र नै कोहि छिरेन । बैंकको प्रतिनिधि आउँदा काम सकियो भनेर त्यहि अघिल्लै दिन बनाएको सबै फेक कागजलाई देखाएर सहि गर्न लगाइयो । अव मालपोतको कागजात छ ? भन्दा छ । सक्कली कि नक्कली एक त हेर्ने बुझ्ने कुरा पनि भएन, अर्को त्यसमाथि सीइओलाई आफ्ना साथीले गरेको काम थाहा हुने नै भयो । त्यसपछि कर्जा प्रवाह भयो ।

५. अव को फस्यो ?

को फस्नु नि ? सबैभन्दा सानो र सोझो जो हो, उहि फस्यो । अर्थात बैंकको प्रतिनिधि बनेर मालपोत पुगी, काम सकिसक्यो भनेर मालपोतको डकुमेन्ट (जो हेर्दा सक्कलीजस्तै थियो तर नक्कली थियो) त्यसमा सहि गर्ने बैंकको मान्छे फस्यो । फसाउनकै लागि उनीहरुले बैंकका मान्छेको हस्ताक्षर भने सक्कली गराए । चाहेको भए उनीहरुले त्यो हस्ताक्षर पनि नक्कली बनाउन सक्थे । तर बीचमा बैंकका प्रतिनिधि सोनु ठाकुर फसे । ऋणी त ठुला मान्छे छन्, उनीहरुलाई फस्नु र नफस्नुमा खासै केहि समस्या छैन । करियर त सोनु ठाकुरको बिग्रियो । बैंकका कामु सीइओ र डेपुटी सीइओ त लोन सेटल गराईसकियो भनेर बसेका छन् ।

MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal