काठमाडौं । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्र्तगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपियाँ अुमानित लागतको “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपियाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।
कोषको नगरपालिकाहरुमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न शहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप दमक नगरपालिकाको नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधीयुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट निर्माण हुन लागेको हो । “दमक सपिङ्ग कम्प्लेक्स” आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।
शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बीच ४२ करोड ८० लाख रुपियाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । “दमक सपिङ्ग कम्प्लेक्स” आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो । दमक नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ ।
सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत अध्ययन पश्चात निर्माण हुन गइरहेकोले आयोजना गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको जनाउँदै आयोजना समयमै सपन्न हुने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको लागि महत्वपूर्ण आयोजनाको लागि नगर विकास कोषको ऋण स्वरुप स्रोतको सुनिश्चितता भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशकले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटर तयार भएको यो आयोजना नगरपालिकाको आइकनिक आयोजनाको रुपमा स्थापित हुने र यसले स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । कार्यकारी निर्देशक सापकोटाले आधुनिक शहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको शहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुशी व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्