नयाँ दिल्ली । भारतले संयुक्त राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा बोल्दै युक्रेनमा शत्रुताको तत्काल अन्त्यका लागि आफ्नो अघिल्लो आह्वान दोहोर्याउँदै मानवतावादी कार्यलाई मानवताका सिद्धान्तहरूद्वारा निर्देशित गरिने र राजनीतिकरण गर्न नहुने बताएका छन्। ‘मानवीय सहायतासम्बन्धी कार्यहरू सधैं मानवीय सहायताका सिद्धान्तहरू जस्तै मानवता, तटस्थता, निष्पक्षता र स्वतन्त्रताद्वारा निर्देशित हुन्छन्। यस्ता कार्यहरुमा राजनीतिकरण गर्नु हुँदैन,’ संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले भने।
युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वेलगायत ६ देशले अनुरोध गरेपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाइएको हो। ‘हामी युक्रेनभरि शत्रुताको तत्काल अन्त्यको लागि हाम्रो आह्वान दोहोर्याउँदछौं। हाम्रा प्रधानमन्त्रीले यसलाई धेरै सम्बोधनहरुमा दोहोर्याउनु भएको छ र तत्काल युद्धविरामको लागि आह्वान गर्नु भएको छ। समस्या समाधानका लागि वार्ता र कूटनीतिको मार्ग बाहेक कुनै विकल्प छैन,’ तिरुमूर्तिले थप भने।
भारतका प्रतिनिधिले आन्तरिक रूपमा हजारौं मानिसहरूको विस्थापन र छिमेकी देशहरूमा ३० लाखभन्दा बढी शरणार्थीहरूको बहिर्गमनलगायत चलिरहेको मानवीय अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। उनले चिन्ताजनक अवस्थालाई सम्बोधन गर्न भारतको योगदानलाई पनि जोड दिएका छन्।
‘युक्रेनमा देखापरेको डरलाग्दो मानवीय अवस्थालाई ध्यानमा राख्दै, भारतले मार्च १ देखि हालसम्म प्रदान गरिएको मानवीय सहायताका नौवटा छुट्टै किस्ताको भागको रूपमा युक्रेन र यसका छिमेकीहरूलाई ९० टनभन्दा बढी मानवीय सामग्री पठाइसकेको छ। यी आपूर्तिहरूमा औषधि र अन्य आवश्यक राहत सामग्री छन्। हामी त्यस्ता अन्य आवश्यकताहरू पहिचान गर्ने र आगामी दिनहरूमा थप आपूर्तिहरू पठाउने प्रक्रियामा छौं’ तिरुमूर्तिले भने।
अपरेशन गंगा अन्तर्गत द्वन्द्वग्रस्त युक्रेनबाट भारतले आफ्ना नागरिकहरूलाई निकालेको बारेमा कुरा गर्दै, तिरुमूर्तिले भने, ‘भारतले युक्रेनबाट लगभग २२ हजार ५०० भारतीयहरूको सुरक्षित फिर्ता सुनिश्चित गरेको छ। हामीले त्यस प्रक्रियामा अन्य १८ देशका नागरिकहरूलाई पनि सहयोग गरेका छौं।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्