काठमाडौँ। उज्ज्वल भबिस्यको ताल्चाको साँचो भनेको ब्यवसायिक शिक्षा भएकाले ब्यवसायिक शिक्षामा जोड दिनुपर्ने बैंकर अनिल केशरी शाह बताउँछन् । नेपाली लगानीकर्ताले सन्चालन गरेको अस्ट्रेलियाको प्राबिधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशनद्वारा आयोजित ‘बिकासोन्मुख देशमा ब्यवसायिक शिक्षाको आवश्यकता’ बिषयमा आयोजित कार्यक्रममा बोल्दै शाहले आफ्नो धारणा राखेका हुन् । कार्यक्रममा कलेजका संस्थापक सिइओ सागर लोहनीले बजारमा दक्ष जनशक्तिको परिपुर्ति गर्ने भनेकै ब्यवसायिक शिक्षा भएकाले विद्यार्थीको हित बुझेर मार्गनिर्देशन गर्नु जरुरी रहेको बताएका छन् ।
विद्यार्थी बिदेश पढ्न जाँदा सिपमुखि शिक्षा लिएर युनिभर्सिटीको पढाइ सुरु गर्दा विद्यार्थीकालमै राम्रो आम्दानी गर्न सकिने इक्यानका निबर्तमान अध्यक्ष बिष्णुहरी पान्डे बताउँछन् । ब्यवसायिक पढाईमा ‘भिषा सक्सेस रेट’ ८७ प्रतिशत भन्दा बढी रहेकोले अहिले यसमा विद्यार्थीको आकर्षण बढेको पान्डेको बुझाइ छ । अष्ट्रेलियाले आउँदो आठ वर्षभित्र नेपालीकै लागि विभिन्न क्षेत्रमा ३४ हजार रोजगार सिर्जना गर्ने योजना लिएको एनएलएफका सीइओ एन्ड्रयु स्किडमोरेले बताए। व्यवसायिक शिक्षामार्फत नेपाली युवाले अष्ट्रेलियाबाट डिजिटल मार्केटिङ स्ट्राटेजी, डिजिटल टेक्नोलोजी, सञ्चार, दक्षता, नेतृत्व, श्रम, इन्टरप्राइजेजशिप, पोलिसी लगायत क्षेत्रमा दक्षता हासिल गर्न सक्ने उनले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्