काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । आफ्नो कार्यकाल सकिन करिब एक महिनामात्र बाँकि हुँदा उनले पदबाट राजिनामा दिएकी हुन् । कुमारी बैंकसँग मर्जरको आन्तरिक तयारी अघि बढीरहंदा खुन्जेली भने अन्य बैंकमा जाने तयारी गरेको सुईको पाएपछि संचालक समितिले उनलाई मार्ग प्रसस्त गर्न भनेको थियो । त्यसपछि उनले बैंकबाट राजिनामा दिएकी हुन् ।
उनलाई कुमारी र मेगा मर्जरमा गएपछि पुन: सीइओ बनाउने मेगाको तयारी थियो । तर उनले एक अर्को बाणिज्य बैंकको अफर लेटर लिएको चर्चापछि उनलाई संचालक समितिले बैंकबाट राजिनामा दिएर मार्ग प्रसस्त गर्न भनेको थियो । खुन्जेलीको अर्को बैंकमा जाने लगभग ‘फिक्स्ड’ भईसकेको छ । यद्यपी मेगामा पनि उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
‘उहाँले अर्को एक बैंकको अफर लेटर लिईसकेको थाहा पायौँ । हामी उहाँलाई मर्जरपछिको सीइओ बनाउने भन्ने अनि उहाँ खुसुखुसु अफर लेटर अन्तको लिने । यो कुरा ठिक नलागेपछि हामीले मार्ग प्रसस्त गर्न भनेका थियौं। अन्तत: उहाँले राजिनामा दिनुभयो ।’ एक संचालक समिति सदस्यले अर्थ सरोकारसँग भने, ‘अहिलेलाई रविनाजीलाई कामु दिने भन्ने कुरा छ । अर्को, उहाँ जुन बैंकमा जान खोज्नुभएको हो, त्यहि बैंकबाट सीइओ नआउनुहोला भन्न सकिन्न । अव यहाँभन्दा धेरै के भन्नु र ?’
खुञ्जेलीले वाणिज्य बैंकहरु मध्ये कै पहिलो महिला सीइओ भएर इतिहास रचेकी थिईन् । उनले सम्हालेको मेगा बैंकले केहि समय अघि मात्र एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’को उपाधि जितेको थियो भने सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी थिईन्। नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सीईओ खुञ्जेली मात्रै हुन् ।
उनले मेगाबाट राजिनामा दिएसंगै अव अर्को एक बाणिज्य बैंकले पनि महिला सीइओ पाउने निश्चित प्राय भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्