×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयरधनी बन्ने बिहिबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

PRIME CA

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयरधनी बन्ने बिहिबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आज बिहिबारसम्म सेयर खरिद गर्नेहरुले आइएमई जनरल इन्स्योरेन्सको लाभांश पाउने भएका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले शुक्रबार चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएकाले आज चैत २४ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले वैशाख ९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे वार्षिक साधारणसभा बोलाएको छ । सभामा ७% बोनस सेयर र कर तिर्न ०.३७% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतका विषयमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
यसैगरी, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: