×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक संकटमा श्रीलंका : केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा घोषणा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

आर्थिक संकटमा श्रीलंका : केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा घोषणा !

काठमाडौं । आर्थिक सङ्कट बढ्दै गएपछि श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कब्रालले पनि दिने भएका छन् । मन्त्रीपरिषद्का सबै मन्त्रीहरुले राजीनामा दिएपछि आफूले पनि गभर्नर पदबाट उनले पनि राजीनामा दिने घोषणा गरेको बताइएको छ।
सोका लागि उनले राष्ट्रपति गोटाबाया राजपाक्षे समक्ष राजीनामा पेश गरेको बताइएको छ । कब्रालले श्रीलंकाको केन्द्रीय बैंकको प्रमुख पद सम्हालेको ७ महिना नबित्दै राजीनामा दिएका हुन् । अनुभवी नीति निर्माताका रुपमा चिनिने कब्राल विदेशी मुद्रा संकटको बीच गत सेप्टेम्बरमा गभर्नर नियुक्त भएका थिए ।
श्रीलंकाको मन्त्रीपरिषदका २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएकै दिन गभर्नर कब्रालले पनि पदत्याग गर्ने घोषणा हुन् । सोमबार राष्ट्रपति गोटाबाया राजपाक्षे र उनका दाजु प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक सबै मन्त्रीहरुले पनि राजीनामा दिएका छन् ।
देशमा आर्थिक सङ्कट बढेपछि सरकारकाविरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ । विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ । अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।
आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्‌र्यु घोषणा गरेको छ । आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले सङ्कटकाल घोषण गर्दै कफ्‌र्यु आदेश जारी गरेको हो ।
कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ । -एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: