×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् सभामा पेश हुने मुख्य एजेण्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् सभामा पेश हुने मुख्य एजेण्डा

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा बस्दैछ । कम्पनीको वार्षिक साधारणसभा वैशाख ९ गते शुक्रबार बस्ने भएको हो । सभा हायात प्लेस, रेडक्रस रोड, ताहाचल काठमाडौंमा अपरान्ह ४ बजे हुने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

यस्तै एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: