×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

सानिमा बैंकमा अर्को ‘किर्ते काण्ड’ : खाताबाटै ग्राहकको लाखौँ रुपैयाँ गायब, बैंक भन्छ- ‘नमिल्ने पेमेन्ट गर्नु गल्ती भयो’

BIZBAZAR

इटहरी । कुनै बेला तरकारी बेचेर बैंकमा राखेर ७ लाख रुपैयाँ खाताबाट नै गायब भएको सानिमा बैंकमा अर्को किर्ते काण्ड घटेको छ । बैंकको इटहरी शाखाले किर्ते हस्ताक्षर गरी ल्याएको चेक साटेर पैसा दिंदा एक ग्राहकको विदेशमा दुख गरेर कमाएको पैसा खाताबाट नै गायब भएको छ । भोजपुरको षडानन्द नगरपालिका– २ का घर भई हाल मोरङको सुन्दरहरैंचा नगरपालिका – ६ का कमल घिमिरे बैसेशिक रोजगारीमा छन् । तर नेपालमा उनको खाताको रकम अर्कैले किर्ते गरेर निकालेको छ ।

उनको चेकमा किर्ते हस्ताक्षर गरी ४ लाख २२ हजार रकम झिकिएको छ । पहिलोटपक २०७७ फागुन १४ गते (२६ फेब्रुअरी २०२१) मा तीन लाख रकम झिकिएको छ । दोस्रोपटक २०७७ चैत ८ गते (२१ मार्च २०२१) मा १ लाख २२ हजार रकम झिकिएपछि अहिले घिमिरे तनावमा छन् ।

उनका अनुसार बैंकमा रहेको आफ्नो हस्ताक्षर र रकम भुक्तानी दिएको चेकमा गरिएको हस्ताक्षरमा कुनै पनि खालको मेल खाँदैन । आफु विदेशमा भएको स्थितिमा कसैले पैसा निकाल्छ वा निकाल्न सक्छ भन्ने तथ्य सपनामा पनि नसोचेका उनी अहिले सानिमा बैंकको हर्कतले आफुलाई तनावमात्र नभएको बरु बैंकप्रतिको विश्वास नै रित्तिएको तर्क गर्छन् ।

‘न हस्ताक्षर मिलेको छ न त म नै देशमा छु । तर पनि मेरो सबै पैसा झिकिएको छ। ‘ उनी भन्छन् ।

र त्यसपछि केस प्रहरीमा पुग्यो । आफ्नो खाताबाट लाखौँ रकम हराएको पाइएपछि उनी बैंकमा गएर सो चेकमा गरिएको हस्ताक्षर देखाउन भने । तर बैंकका मेनेजरले अदालतको आदेश आएमात्र हस्ताक्षर देखाउन मिल्ने भनेपछि उनी प्रहरीकहाँ न्याय माग्दै पुगे। प्रहरीले उनलाई हस्ताक्षर हेर्न सहयोग त गर्यो, तर यतिबेला सम्म उनको लाखौँ पैसा झ्वाम भईसकेको थियो।

सन २००८देखि विदेश बसेका उनले आफुले कमाएको पैसा श्रीमतीलाई पठाउने गर्थे । श्रीमतीले पनि उनका श्रीमानको खातामा पैसा हालेर भौचर पठाईदिन्थिन्। तर नेपाल आएर हेर्दा उनको खातामा पैसा कम भएपछी उनले आफ्नो खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालिएको थाहा पाए । उनले चैत २५ (८ अप्रिल २०२२) मा बैंक स्टेटमेन्ट निकालेर हेर्दा दुई पटक रकम निकालेको देखिएपछि आफ्नो रकम चोरिएको थाहा पाएका थिए ।
घिमिरे बैंकका केही कर्मचारी वा बैंकसँग जोडिएको व्यक्तिको मितेमतोमा कीर्ते हस्ताक्षर गरिएको चेकबाट पैसा निकालिएको दाबी गर्छन् । घिमिरेले ब्रान्च म्यानेजर केशव श्रेष्ठले पटकपटक आफ्नी श्रीमतीलाई बोलाएर कुरा गरेको र उनको कार्य शंकास्पद रहेको दाबी गरेका छन् । बैंककै कर्मचारीको मिलेमतोमा आफ्नो रकम झिकिएको उनको तर्क छ ।

बैंकको स्वीकारोक्ति : ‘गल्ती भयो’, सानिमामा पहिलो होइन यस्तो घटना
यता बैंकका मेनेजर केशब श्रेष्ठ आफ्नो गल्ती भएको स्वीकारछन्। ‘चेकमा हस्ताक्षर नमिल्दा पैसा दिनु गल्ती भयो। ‘ श्रेष्ठले भने, ‘तर बाँकी कुराचाहिं उहाँहरुको घरको कुरा हो। दुई पटक हस्ताक्षर नमिले पनि रकम भुक्तानी गर्नुलाई गल्ती भएको स्वीकार गरेका मेनेजर श्रेष्ठले अवको प्रक्रिया के हुन्छ भन्ने विषयमा भने बोल्न चाहेनन्। यसो त सानिमा बैंकमा घटेको यस्तो घटना पहिलो भने होइन । यसअघि पनि ग्राहकको लाखौँ रकम यसरी नै बैंकको खाताबाटै गायब भएको थियो । अर्थ सरोकारले यस विषयमा निरन्तर फलोअप गरेपछि सो केस टुंगिएको थियो । सानिमा बैंक अरु हिसाबले राम्रो भनिएपनि ग्राहकको पैसाको सुरक्षाको हिसाबले भने कमजोर बैंकको रुपमा लिने गरिन्छ । बैंकमा पैसा सुरक्षित हुन्छ भन्ने तथ्यको अपवादका रुपमा सानिमा बैंक छ भन्ने चर्चा पनि नेपाली बैंकिङ क्षेत्रमा व्याप्त छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal