×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE: होसियार ! सानीमा बैंकका सम्पूर्ण ‘डाटा’ आफुसँग भएको ‘ह्याकर’को दावी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अर्थ सरोकार डटकमको इमेलमा पाटन ठेगाना बताउने एक व्यक्तिले आफुबारेको विवरण गोप्य राख्न अनुरोध गर्दै सानीमा बैंकका सम्पूर्ण डाटाहरु ह्याक भएको भन्दै मेल गरे । उनकै अनुरोधमा हामीले उनलाई यो समाचारमा ‘उनी’ भनेर सम्बोधन गरेका छौं । उनले पठाएको मेलमा उनको ठेगाना र प्रोफाइल फोटो पनि छ । उनकै नामको ‘प्रोफेसनल’ देखिने मेल आइडीबाट इ-मेल आएको छ । उनी र हामीबीच मेलमा यस्तो संवाद भएको थियो । 
उनी : ‘सानीमा बैंकको डाटा-ब्रिच बारे केहि जानकारी छ ?
हामी : विस्तृत विवरण पठाउनुहोस्, हामी समाचार बनाउँछौं ।
उनी : तपाईंको कार्यालय कहाँ छ ? म भेटेर सबै विवरण दिन्छु ।
हामी : हाम्रो नम्बर ९८५१०१७९१४ हो । सबै विवरण लिएर आउनुहोला ।
उनी : सानीमाका सबै डाटा ह्याक भएको बारे म तपाईंलाई जानकारी दिन सक्छु । म तपाईंलाई कल गर्नेछु र सबै जानकारी दिनेछु । म सानिमा बैंकको सबै डाटा तपाईंलाई दिन सक्छु ।
हामी : हामीलाई विवरण दिनुहोस् । यो ठुलो समाचार बन्न सक्छ । सबैको सरोकारको विषय हो । 
उनी : यो कसले छानविन गर्ने हो, बुझ्नुहोस् । सानीमा बैंकले के भन्छ, त्यो पनि बुझ्नुहोस् । तर मेरो गोपनियताको ग्यारेन्टी तपाईंले लिनुपर्छ ।
हामी : स्रोत नखुलाउनु पत्रकार आचारसंहिता अनुसार नै पर्छ । हामीलाई विश्वास गर्न सक्नुहुन्छ ।
उनी : अनि मैले के पाउँछु ? सानीमाको विवरण तपाईंलाई दिए वापत ?
(यहाँ केहि लिने दिने कुरा आएपछि हामी सोच्न वाध्य भयौं)
उनी : तपाईंले सानीमा बैंकका कसैलाई यसबारे सोध्नुभएको छ ? म शुक्रबार तपाईंलाई भेट्न आउंछु ।
पछी उनले पुन: आइतबार भेट्ने कुरा गरे । अव बैंकमा कुरा गर्ने कि प्रहरीलाई खबर गर्ने, हामी दोधारमा पर्यौं । झट्ट हेर्दा उनको उदेश्य डाटा दुरुपयोग गर्ने भन्दापनि जानकारी दिने जस्तो देखियो । तर उनले ‘रिटर्न’ मा केहि खोजेजस्तो देखिएपछि हामीले उनलाई फलोअप गरेनौं । लाग्यो ‘केहि प्राविधिक गल्ती मात्र भएका होलान् ।’ तर पछिल्लो समय विभिन्न ह्याकरहरुका फोरममा समेत सानीमा बैंकको डाटा ह्याक भएको भन्ने बारे सुनेपछि हामीले यो विषयलाई उठाउनै पर्ने सोच्यौं ।
त्यसपछि हामीले सानीमा बैंकमा फोन गरेर यसबारे बुझ्ने प्रयास गरौँ । 

के भने त सानीमा बैंकका सुचना अधिकारीले ?
हामीले यस बारे सानीमा बैंकका सुचना अधिकारी तेज बहादुर चन्दलाई फोन गर्यौं । ‘हामीलाई यसबारे कुनै पनि कुरा थाहा छैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने, ‘यो तपाईंहरुलाई खबर गर्ने ती व्यक्ति र हाम्रोमात्र सरोकारको कुरा होइन, यो सबैको सरोकारको कुरा हो ।’ हामीले पुन बैंकका सुचना अधिकारी चन्दलाई सोध्यौं, ‘ती व्यक्तिले तपाईंलाई सम्पर्क गरेका छन् ?’ उनले जवाफ दिए, ‘छैनन् । यसविषयमा हामीलाई कसैले पनि कुनै पनि खालको खबर गरेको छैन ।’ त्यसपछि हामीले यस्तो विषय प्रहरीकहाँ खबर गर्ने वा तपाईंहरुले आन्तरिक रुपमा के भएको रहेछ बुझ्ने हो ? भनेर सोध्यौं । उनले हाम्रो नाम, र ठेगाना सोधेर हामीसँगको टेलिफोन सम्बाद टुंग्याए । 
डाटा दुरुपयोग भएको शंका !
यस विषयमा ठ्याक्कै यहि नै हो भन्न सकिने अवस्था छैन । तर हामीलाई केहि समय अगाडी त्यस्तो सम्बाद गरेका उनी यति आत्मविश्वासका साथ भनीरहेका थिए कि सानीमाको सबै डाटा म तपाईंलाई दिन सक्छु । यसले डाटा ह्याक भएको नै हुन सक्ने अनुमान गर्न सकिन्छ । एक बर्षदेखि उक्त डाटाहरु कसैको नियन्त्रणमा रहेको थियो वा के थियो भन्ने बारे पनि बैंकले कुनै पनि अनुसन्धान गरेको देखिंदैन । सुचना अधिकारीले आफुहरुलाई यसबारे केहि पनि थाहा नभएको बताउँदा बैंक आफ्ना डाटाहरु प्रति जिम्मेवार छैन जस्तो पनि देखिन्छ ।
यसअघि पनि डाटा ह्याक भएको थियो, तर बैंकले वास्ता नै गरेन
यसो त यसअघि पनि सानीमा बैंकका डाटाहरु ह्याक भएको थियो । सानीमा बैंकका दाताहरु ह्याक भएको तथ्य विभिन्न अन्तराष्ट्रिय ब्लग र फोरमहरुमा पनि आएका थिए ।


के भन्छ प्रहरी ?
त्यसपछि हामीले यसबारे बुझ्न प्रहरीलाई फोन गर्यौं । यसबारे हामीले १०० ले प्रदान गरेको नम्बर ९८५१२८३०३२ मा फोन गर्यौं । त्यहाँबाट पुन राजन महर्जनलाई  ९८५१२८९५८१ फोन गर्न भनियो र हामीले त्यसै गर्यौं । हामीसँगको कुराकानीमा महर्जनले यस्ता कार्यलाई ‘अन अथोराइज्ड एक्सेस’ भनिने र यो साइबर अपराध अन्तर्गत पर्ने बताए । यसो त उनले बैंकलाई कतिको नोक्सान भएको छ वा छैन भन्ने कुराले यस्तो काम गर्नेलाई कस्तो सजाय हुन्छ भन्ने निर्क्योल गर्ने स्पष्ट पारे ।
बैंकनै गैर जिम्मेवार देखियो 
यसो त यसअघि पनि बैंकको डाटा ह्याक भइसकेको र हाल पनि कसैले यस्तो दावी गरिरहेको कुरालाई हेर्दा बैंकको आन्तरिक आइटी सिष्टम नै कमजोर भएको देखिन्छ । बैंकको डाटा यसअघि पनि ह्याक हुनु, पछिपनि यस्ता दावीहरु आउनु, बैंकलाई यस विषयमा केहि पनि थाहा नहुनुजस्ता विषयले बैंकको गैर जिम्मेवारी स्पष्ट रुपमै देखिन्छ । यसो त बैंकको आइटी विभागमा सीइओले आफ्नो मान्छे राखेर राम्रो काम नगरेको आरोप पनि बैंकभित्रकै अन्य कर्मचारीले लगाउने गरेको समेत पाइएको छ ।    

यो पनि पढ्नुहोस् 
(हामी चाहान्छौं बैंकले यो प्रकरणलाई गम्भीरतापूर्वक लियोस् । ह्याक गर्ने त सजायको भागीदार हुन्छन् नै, बैंकले पनि आफ्नो सिष्टम सुरक्षित बनाओस् । यो वा त्यो मामलामा जनताको विवरणसँग सम्बन्धित अति संवेदनशील कुरामा लापरवाही नगरियोस् । हामी यो परक्रणमा निरन्तर फलोअपमा हुनेछौं ।- सम्पादक )  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: