×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकमा काण्ड नै काण्ड, तरकारी बेचेर जम्मा गरेको रकम खाताबाटै गायब ! (EXCLUSIVE भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकमा काण्ड नै काण्ड, तरकारी बेचेर जम्मा गरेको रकम खाताबाटै गायब ! (EXCLUSIVE भिडियो रिपोर्ट)

सानिमा बैंक । नेपाल राष्ट्र बैंकले क बर्गको इजाजत दिएको यो बैंक राम्रा वाणिज्य बैंकहरुमध्ये गनिन्थ्यो कुनै बेला । तर पछिल्लो समय सार्वजनिक भएका विभिन्न घटनाक्रमले बैंकलाई दिनानुदिन बदनाम बनाउँदै गएको छ । ग्राहकको रकम खाताबाटै हराएको काण्डदेखि, विद्यालयमा विद्यार्थीहरु छाप्रामा पठाएर बैंकको शाखा खोलिएको काण्डसम्म आइपुग्दा बैंकप्रति जनताको विश्वास घट्दै गएको पो हो कि भन्ने भान धेरैलाई हुन थालेको छ । बैंकले करोडौं राजश्व छली गरेको भन्दै राजश्व अनुसन्धान विभागमा उजुरी छ भने बैंकका ग्राहकको चेकमा कसैले नक्कली हस्ताक्षर गरेर पैसा निकाल्दा पनि बैंकले थाहा पाउन नगरेको तथ्य सार्वजनिक भएपछि बैंक झन् माथि झन् बदनाम हुँदै गएको छ ।

त्यतिमात्र होइन बैंकका कर्मचारी जग्गा किर्ते काण्डदेखि रकम घोटाला काण्डसम्म मुछिएका छन् । आजको अंकमा हामी सानिमा बैंकभित्र भएका र हुने गरेका गलत कामका बारेमा विशेष सामग्री लिएर आएका छौं । र हाम्रो उदेश्य यति हो, कि ठुला लगानीकर्ताले चलाएको बैंक भन्ने प्रचार सुनेकै भरमा बैंकमा निक्षेप राखेकाहरु एक पटक सचेत बनुन् । आजको कार्यक्रम हेरिसकेपछि हरेक निक्षेपकर्ता अझै सजग बनुन् र पटक पटक गलत काम गर्ने बैंकमाथि नियमनकारी निकायले पनि निगरानी बढाओस् भन्ने हाम्रो अभिप्राय हो ।


सानिमा बैंकको काण्ड नम्बर १ 
यिनी बिमला दुलाल । काठमाडौँमा तरकारी व्यवसय गर्छिन् । पाउ-पाउ, कोसा – कोसा, मुठा मुठा तरकारी बेचेर कमाएको पैसा उनले आफ्नो बसाईं नजिकै रहेको सानिमा बैंकमा जम्मा गर्थिन् । छोराको कलेज फि तिर्ने बेला भएपछि बैंकबाट पैसा निकाल्नु पर्यो भनेर उनले बैंकको चेकबुक खोज्दा चेकबुक नै हराएको रहेछ । त्यसपछि उनी हतार हतार बैंक पुगेर यस विषयमा जानकारी गराईन् । तर बैंक पुग्दा थाहा भयो कि उनको हराएको चेक प्रयोग गरेर उनकै छिमेकीले उनको हस्ताक्षरसमेत गरेर पैसा निकालीसकेकी रहेछिन् । जव उनले आफुले निकै दुख गरेर कमाएको पैसा क्षणभरमै कसैले निकालिएको थाहा पाइन्, तव उनले बैंक र प्रहरी प्रशासन गुहारिन् । तर बैंकले उनको आवाजको कुनै सुनुवाई गरेन ।
घटना यतिसम्म भयो कि सानिमा बैंक प्रकरणलाई नै लिएर बिमला र उनले आफ्नो चेकबुक चोरेर पैसा निकालेको आरोप लगाएकी महिलाका श्रीमानको मर्ने मार्नेसम्मको हदको भनाभन भयो । विमला त प्रतिनिधि उदाहरणमात्र हुन् । यसरी सानिमा बैंकबाट थुप्रै ग्राहकको रकम उनीहरुलाई थाहा नै नभई कसैले निकालेको हुनसक्छ । यस विषयमा सम्पूर्ण निक्षेपकर्ता र नियमनकारी निकाय नेपाल राष्ट्र बैंक चनाखो बन्न जरुरी छ ।
सानिमा बैंकको काण्ड नम्बर २ 
घटना केहि समय अगाडीको हो । केहि समय अगाडी सानिमा बैंकले मेलुङ गाउँपालिका-४ स्थित रहेको भिम माध्यमिक विद्यालयको पक्की भवन भाडामा लिई बैंकले आफ्नो शाखा संचालनमा ल्यायो । विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई टहरामा पठाएर बैंकले आफ्नो कार्यालय विद्यालय भवनमा राख्यो । जव घटना सार्वजनिक भयो, तव चौतर्फी रुपमा बैंकको आलोचना भयो । त्यसपछि घटनालाई टालटुल पार्न बैंकले ४ कोठा विद्यालयलाई दिने र २ कोठा आफुले प्रयोग गर्नेगरी विद्यालयसँग सहमति जनायो ।

यो पनि पढ्नुहोस्

तर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ४ कोठा अपुग भएपछि विरोधको स्वर अझ उठ्यो । यहिबेला कतिपय राजनीतिक संगठनहरुले पनि त्यसको विरोध गरे । तर पनि बैंकले ‘राजनीति’ गर्न छोडेन । विद्यालय भवनमै बैंकको कार्यालय राख्न कहिले को नेता गुहार्ने त कहिले को नेता गुहार्ने काम गरिरह्यो । तर केहि सीप नलागेपछि बैंक त्यहाँबाट फर्कियो । यो काण्डले पनि सानिमा बैंक सामाजिक उत्तरदायित्वको कुरामा कतिसम्म जिम्मेवारहिन छ भन्ने देखाउंछ ।


सानिमा बैंकको काण्ड नम्बर ३ 
यस अघि हामीले देखाएको बिमला दुलालको खाता प्रकरण तपाईंलाई विश्वास अझै पनि लागेको छैन भने तपाईं यो सिसिटिभी फुटेज हेर्नुहोस् । यो सानिमा बैंकमा घटेको अर्को घटना हो । कतै भेटेको चेकबाट कसैले मोटो रकम पैसा निकालेका छन् तर बैंकले उक्त व्यक्तिको परिचयपत्र माग्न आवश्यक ठानेको छैन । यसले तपाईं सानिमा बैंकमा कारोबार गर्नुहुन्छ र तपाईंको चेक कतै हराएको छ भने त्यसलाई गम्भीर रुपमा लिनुपर्ने समय आएको छ ।
सानिमा बैंकको काण्ड नम्बर ४ 
मिति २०७४। ०८। ०२ गते जुम्ला घर भएका र हाल सितापाइला बस्ने अंगराज भारतीले सानिमा बैंकले विपन्न बर्गलाई दिनुपर्ने कर्जा नदिएर करछलीसमेत गरेको भन्दै बैंकविरुद्ध उजुरी गरेपछि राजश्व अनुसन्धान विभागले यसको अनुसन्धान सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका विपरित सानिमा बैंकले आर्थिक बर्ष २०७२/७३ मा विपन्न वर्गमा गरेको प्रत्यक्ष लगानी ५४ करोड २० लाख र विभिन्न लघुवित्तलाइ दिएको थोक कर्जा एक अर्व १३ करोड ३० लाख तोकिएकै क्षेत्रमा नभई अवैध क्षेत्रमा लगानी भएको दावीसहित राजश्व विभागमा उजुरी परेपछि अनुसन्धान सुरु भएको हो । यसले बैंक नियमनकारी निकायको निर्देशनलाई पालना गर्ने मामलामा पनि कति कमजोर छ भन्ने देखाउँछ ।

यो पनि पढ्नुहोस्

कर छल्ने बदनियत बोकेर अवैध क्षेत्रमा सानिमा बैंकको लगानी ? राजश्व विभागले सुरु गर्यो अनुसन्धान (कागजातसहित)



सानिमा बैंकको काण्ड नम्बर ५ 
बैंकका कर्मचारीको मिलेमतोमा जग्गा किर्ते भएकोसमेत पाइएको छ । बैंकका कर्मचारीहरुलाई गैरकानुनी रुपमा जग्गा हकहस्तान्तरण गरेको आरोपमा ६ करोडको बिगो दाबि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सानिमा बैंकको नयाँ काण्ड सतहमा आएको हो । नक्कली जग्गाधनीको नामबाट गैरकानूनी रुपमा जग्गा बिक्री-वितरण तथा खरीद गर्ने कार्यमा प्रत्यक्ष भूमिका निर्वाह गरेको आरोपमा मुद्धा दायर गरिएका १६ जनामध्ये सानिमा बैंकको एकान्तकुना ललितपुर शाखा कार्यालयमा ट्रेलरको रुपमा कार्यरत सनिश सापकोटा पनि रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार सानिमा बैंकका कर्मचारी सापकोटा बिरुद्द ६ करोडको बिगो दाबी गर्दै केहि समय अगाडी आरोप पत्र दायर गरिएको थियो । यसो त यस्ता अन्य थुप्रै काण्डहरु पनि छन् सानिमा बैंकका । कहिले बैंकले थ्री इन वान खाताका नाममा दुष्प्रचार गर्ने गरेको भेटिएको छ भने ग्राहकलाई दिने सेवा, एटिएम सेवा लगायतका सेवा पनि निकै कमजोर देखिएको छ। 
अव के गर्ने त ?
यसको सहज उत्तर हो, यदी तपाईं सानिमा बैंकमा कारोबार गर्नुहुन्छ भने तपाईं अरु बैंकमा कारोबार गर्ने ग्राहकभन्दा केहि बढी चनाखो हुनुपर्ने देखिएको छ । पहुँच र शक्तिका आधारमा जनतालाई जस्तो सेवा दिए पनि हुन्छ भन्ने शैलीमा अगाडी बढेको सानिमा बैंकमाथि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले पनि विशेष निगरानी बढाउनुपर्ने देखिन्छ । बाँकी त सब तपाईंकै इक्षा !

हेर्नुहोस् भिडियो रिपोर्ट 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: