×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्षमाथि भ्रष्टाचार अभियोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्षमाथि भ्रष्टाचार अभियोग

Artha Sarokar

२० जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चिनियाँ विकास बैंकका पूर्व उपाध्यक्ष हे जिङ्सियाङलाई घुस लिएको आरोपमा अभियोग लगाइएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उनीमाथि गैरकानूनी रूपमा वित्तीय बिल जारी गर्ने, कर्जा प्रवाह गरेको र विदेशी बैंकको निक्षेप लुकाएको आरोप पनि लगाइएको छ उनीविरुद्ध बेइजिङको अदालतमा मुद्दा दायर गरिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

अभियोजकहरूले उनले आफ्नो पदको दुरुपयोग गरी उद्यम र व्यक्तिहरूका लागि फाइदा लिन र बदलामा ठूलो रकम र बहुमूल्य चीजहरू लिएको आरोप लगाएका छन् । उनीमाथि नियमावलीको गम्भीर उल्लंघन गरी वित्तीय बिल जारी गरेको र राज्यको नियमविपरीत ठूलो रकम ऋण दिएको आरोप पनि लागेको थियो। सिन्ह्वाका अनुसार उच्च अधिकारीले विदेशी बैंक निक्षेपको ठूलो मात्रा पनि लुकाएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी