×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्यात प्रवद्र्धनमा जोड दिन सरकारलाई चेम्बरको आग्रह

PRIME CA
GLOBAL IME BANK

निर्यात प्रवद्र्धनमा जोड दिन सरकारलाई चेम्बरको आग्रह

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवद्र्धनमा जोड दिन सरकारलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज उद्योग सचिव डा. तोयनारायण ज्ञवालीलाई भेटेर निर्यात प्रवद्र्धनलाई जोड दिएर बढ्दो व्यापार घाटालाई कम गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले निर्यात प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेका छन् । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सीप प्रर्वद्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लको भनाइ थियो । “विदेशमा सिकेको सीप र लगानी हाम्रा उद्योगमा प्रवद्र्धन गर्न सकियो भने कहालीलाग्दो व्यापार घाटा कम गर्न सकिन्छ, यसका लागि सरकारसँग हातेमालो गर्न नेपाल चेम्बर अफ कमर्स तयार छ”, उनले भने ।

उनले औद्योगिक ब्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल ब्याजदरको व्यवस्था कायम गर्न आग्रह गरे । रु. १० करोड बराबरको विद्युत् खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवद्र्धन गर्न सकिने बताएका छन् । अध्यक्ष मल्लले मुख्य–मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुको निर्यातमा पटक पटक समस्या आउने गरेको बताए ।

भेटका क्रममा उद्योग सचिव डा. ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । विदेशबाट फर्किएका युवाहरुको सीप र लगानी प्रवद्र्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको सचिव ज्ञवालीले जानकारी दिए । वार्षिक रु. नौ खर्ब बराबरको निर्यात क्षमता भए पनि यसबाट लाभ लिन नसकिएको उनको भनाइ थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: