×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका ग्राहकलाई विशेष उपहार, आस्वा शुल्कमा पूर्ण छूट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकका ग्राहकलाई विशेष उपहार, आस्वा शुल्कमा पूर्ण छूट

Artha Sarokar

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंक लिमिटेडले भाद्र १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सि-आस्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिँदा कुनै शुल्क नलाग्ने भएको छ ।

ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंक लिमिटेडका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

आफ्ना देशव्यापी १ सय ९७ शाखा-संजाल, १ सय ९१ एटिएम, ४९ शाखारहित बैंकिङ इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी