काठमाडौँ । ग्राहक बढ्दै गर्दा, सहजता खोज्नेहरु पनि बढे । हुन पनि प्रविधिको यो युगमा मानिसहरु फरक फरक अभ्यास गर्न रुचाउँछन् । एक क्लिकमा संसार देखिने यो युगमा, ल्याबटप वा मोबाइलबाट नै सबै समस्याको समाधान खोज्ने बर्ग ठुलो बन्दै गएको छ । यहि कुरालाई मनन गर्दै एनआईसी एशिया बैंकले ल्याएको ‘अनलाइन हेल्प डेस्क’ अहिले सर्वाधिक प्रयोग गरिने बैंकिङ अनलाइन हेल्प डेस्क हो ।
सामान्य जानकारीका लागि पनि बैंकसम्मै पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने संकल्पसहित बैंकले पछिल्लो समय डिजिटल सेवामा जोड दिएको छ । र त्यसैको नतिजा हो, यो हेल्प डेस्क । बैंकले आफ्ना विभिन्न अनलाइन सेवासँगै ‘अनलाइन हेल्प डेस्क’ पनि संचालनमा ल्याएपछि ग्राहकलाई थप सहजता महसुस भएको छ । जसबाट सेवाग्राहीहरुले बैंकबाट प्रदान गरिने हरेक सेवाका बारेमा जानकारी मात्र होइन, ४०० भन्दा बढी प्रश्नको जवाफ सजिलै पाउँछन् ग्राहकले । समयको बचत, झण्झटिलो प्रक्रियाबाट छुटकारा पाइने भएपछि पछिल्लो समय बैंकको यो सुविधा धेरै ग्राहकहरुको रोजाईमा परेको छ ।
कनेक्ट आइपीएसदेखि मोबाइल बैंकिङ्ग सम्बन्धि प्रश्न र उत्तर एकै ठाउँमा
एनआईसी एशिया बैंकले प्रयोगमा ल्याएको अनलाइन हेल्प डेस्कबाट एक क्लिकमै ‘कनेक्ट आईपीएस’का बारेमा बुझ्न सकिन्छ । पैसा पठाउनका लागि सहज माध्यमका रुपमा प्रयोग गरिदै आएको उक्त सेवाको बारेमा पनि सम्पूर्ण जानकारी बैंकको ‘अनलाइन हेल्प डेस्क’मा पाउन सकिन्छ । त्यस्तै बैंकको अनलाइन हेल्प डेस्कमा मोबाइल बैंकिङ्ग सम्बन्धि पनि सम्पुर्ण जानकारीहरुसमेत उपलब्ध छन् । मोबाइल बैंकिङ्गको पासवर्ड रिसेट गरी रिसेट प्रश्चात पुनः सेवालाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अनलाइन हेल्प डेस्कमा सजिलो गरी सिकाइएको छ । बैंकको सोही सेवामा ‘मोबाइल बैंकिङ्गलाई कसरी अनब्लक गर्ने ?’, ‘कति रकमसम्मको कारोबार मोबाइल बैंकिङ्गबाट गर्न सकिन्छ ?’, ‘मोबाइल बैंकिङ्गमार्फत कस्ता सेवाहरु पाउन सकिन्छ ?, मोबाइल बैंकिङ्गबाटै खाताको विवरण कसरी हेर्न सकिन्छ ?’ जस्ता प्रश्नहरुको जवाफ बैंकको अनलाइन हेल्प डेस्कबाट सजिलै थाहा पाउन सकिन्छ । त्यति मात्र होइन, बैंकको यो डेस्कमा मोबाइल बैंकिङ्गको प्रयोग गरी कुन इन्स्योरेन्स कम्पनीको भुक्तानी गर्न मिल्छ ?, मोबाइल बैंकिङ्गमा रकम कसरी प्राप्त गर्न सकिन्छ ?, र मोबाइल बैंकिङ्गबाट जुनसुकै बैंकमा सजिलै रकम कसरी पठाउन सकिन्छ ?’ भन्ने जानकारीहरुपनि सहज रुपमा भेट्न र सिक्न सकिन्छ । साथै सो डेस्कबाट ग्राहकले मोबाइल बैंकिङ्ग अनब्लक गर्ने सम्बन्धि जानकारीसमेत लिन सकिन्छ ।
कार्डसेवादेखि इन्टरनेट बैंकिङ्गसम्म, रेमिट्यान्सदेखि अन्य सेवाको जवाफ एकै ठाउँमा, अनलाइनमै हेरेर बुझिन्छ प्रक्रिया
बैंकले स्थापना गरेको ‘अनलाइन हेल्प डेस्क’ बैंकको सेवासम्बन्धि जानकारी लिन चाहनेहरुका लागि सिकाईको सागर हो । उक्त डेस्कबाट सेवाग्राहीहरुले बैंकका विभिन्न कार्ड र त्यसको प्रयोगका बारेमा पनि जानकारी लिन सक्नेछन् । बैंकको डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीले दैनिक-मासिक कति रकमसम्मको कारोबार गर्न सक्छन् ?, क्रेडिट कार्डको भुक्तानी अनलाईन मार्फत कसरी गर्न सकिन्छ ?, कार्डमार्फत अनलाइन पेमेन्ट कसरी गर्न सकिन्छ ? ,भन्ने प्रश्नको जवाफ सजिलै खोज्न सकिन्छ ।
साथै ‘ग्रिन पिन’– अब डेबिट कार्यको पिन नम्बर आफैले राख्ने तरिकासमते बैंकको सो डेस्कमा सजिलो गरी राखिएको छ । त्यसका साथै बैंकको सो डेस्कको सहायतामा प्रिपेड डलर कार्डको विषयमा पनि प्रयाप्त जानकारी लिन सकिन्छ । एनआईसी एशिया बैंकको अनलाइन हेल्प डेस्कले कार्डसम्बन्धि जानकारीमात्र होइन, कार्ड लिने र चलाउने तरिकासमेत सिकाउँछ । त्यसतै बैंकको अनलाइन हेल्प डेस्कमा आईटच इन्टरनेट बैंकिङ्ग कसरी लग इन गर्न सकिन्छ ? र इन्टरनेट बैंकिङ्ग सेवा कसरी रिनिउ गर्न सकिन्छ भन्ने जानकारी पनि विस्तृतमा नागरिकले सहजै बुझ्न सक्नेगरी राखिएको छ । जसको सहायताबाट सेवाग्राहीले सजिलै बैंकका सेवा तथा सुविधाबारै विस्तृतमा जानकारी लिन सक्नेछन् ।
नयाँ सेयर लगानीकर्तालाई साह्रै सहज पोर्टल
यसो त एनआईसी एशिया बैंकको ‘अनलाइन हेल्प डेस्क’ बैंकमा कारोबार गरिरहेको सेवाग्राही र त्यसमा पनि सेयर बजारमा कारोबार गर्न चाहने नयाँ लगानीकर्ताका लागि पनि निकै सहज छ । बैंकको सो हेल्प डेस्कमा नयाँ लगानीकर्ताको सिकाईका थुप्रै कुराहरु समावेश समेत गरिएको छ । उक्त डेस्कमा ‘डिम्याट खाता’ के हो ? यो खाता कसरी खोल्ने ? खाता खोल्नका लागि के के डकुमेन्ट आवश्यक पर्छन ? ‘डिम्याट खाता’को आवश्यकता के हो ? जस्ता प्रश्नहरुको जवाफ पाउन सकिन्छ ।
त्यतिमात्रै नभएर एनआईसी एशिया बैंकबाट ‘डिम्याट खाता’ खोल्दा के फाईदा छ ? नेपालको परिपेक्षमा सेयर कसरी किन्ने वा बेच्ने ? पोर्टफोलियो भनेको हो ? भन्ने विषयमा पनि जानकारीहरु बैंकको अनलाइन हेल्प डेस्कमा पाउन सकिन्छ । सोही डेस्कबाट नयाँ सेयर लागनीकर्ताहरुले स्टक मार्केट, पोर्टफोलियो व्यवस्थापन तथा म्युचुअल फण्डको बारेमा पनि सजिलो गरी सिक्न सक्नेछन् ।
कर्जा र डिपोजिटदेखि ब्याजसम्मका जानकारी केहि क्लिकमा
सानादेखी ठुला कर्जा प्रवाहमा उत्कृष्ट नतिजा दिँदै आएको एनआईसी एशिया बैंकले आफ्ना सम्पुर्ण कर्जा सम्बन्धि जानकारीहरुपनि बैंकको अनलाइन हेल्प डेस्कमा राखिदिएको छ । जसबाट सेवाग्राहीहरुले आफुले लिने वा चाहेको कर्जाको प्रकृति, कर्जा आवेदनको प्रक्रिया लगायतका विषयमा जानकारी लिन सक्नेछन् । उक्त हेल्प डेस्कमा बैंकले आफ्नो धितो सम्पति विरुद्धको कर्जा, एनआईसी एशिया व्यक्तिगत कर्जा, एनआईसी एशिया अटो लोन, एनआईसी एशिया शिक्षा कर्जा, वैदेशिक रोजगारी कजा, खुद्रा लोन, एसएमई लोन तथा क्षेत्रगत ऋणको बारेमा पनि प्रयाप्त जानकारीहरु राखेको छ ।
बैंकले नागरिकको सहजतालाई ध्यानमा राख्दै स्थापना गरेको सो हेल्प डेस्कबाट बैंकमा जम्मा हुने निक्षेपका प्रकार तथा ग्राहकले पाउने ब्याजदरका विषयमा पनि जानकारीहरु लिन सकिन्छ । बैंकका सेवाग्राहीहरुले घरमै बसी–बसी बैंकका थुप्रै सेवा तथा सुविधाका बारेमा जानकारी लिन सक्नेछन् । यसो त बैंकबाट प्रवाह हुने सम्पुर्ण सेवाको फेहरिस्त रहेको ‘एनआईसी एशिया अनलाइन हेल्प डेस्क’मा सेवाको मात्र होईन सेवा लिँदा वा दिँदापनि ग्राहकल तिुर्नपर्ने सेवाशुल्कको बारेमा पनि जानकारीहरु उपलब्ध छन् । सामान्य सूचना तथा जानकारीका लागि हुने समय र खर्च दुवैको बचत हुनेभएपछि अहिले बैंकको ‘अनलाइन हेल्प डेस्क’को प्रयोग बढ्दै गएको छ ।