काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको कार्तिक २४ गते बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर हो भने कर प्रयोजनसहितका लागि १.५ प्रतिशत नगद लाभांश हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवम् डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्