×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

नेशनल लाईफ इन्स्योरेन्सको ३४औं वार्षिक साधारणसभा सम्पन्न

NABIL BANK
BIZBAZAR

काठमाडौं ।  कम्पनीको ३४औं वार्षिक साधारण सभा मंसिर १८ गतेका दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयर वापतको कर प्रयोजनको लागि रु.३ करोड १८लाख ५६ हजार ५ सय १२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले यहि २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयर लाभांशबाट कम्पनीको चुक्ता पूँजी रु.४ अर्ब ६४ करोड ०४ लाख ३१ हजार ८ सय ७५ रुपैयाँ पुगेको छ र बाँकि रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास व्यक्त गरेका छन् ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal