काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले बिना लाभांश पुस २२ गते साधारणसभा बस्ने निर्णय गरेको हो ।
सभा सिद्धार्थ कटेज, ललितपुर-३ धोबीघाटमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुने भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्