×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकमा खाता खोल्न बैंकसम्म धाउनै नपर्ने, घरमै बसीबसी ६ ‘स्टेप’मा यसरी खुल्छ खाता…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया बैंकमा खाता खोल्न बैंकसम्म धाउनै नपर्ने, घरमै बसीबसी ६ ‘स्टेप’मा यसरी खुल्छ खाता…

Artha Sarokar

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकको खाता घरबाटै खोल्न सकिने भएको छ । बैंकले डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै घरबाटै खाता खोल्न सकिने सुविधा सुरु गरेको हो ।

बैंकका अनुसार एनआईसी एशिया बैंकमा ग्राहक बन्न चाहनेले सहजै रुपमा घरबाटै खाता खोल्न सक्नेछन् । खाता खोल्नका लागि कम्प्युटर, ल्यापटपबाट चाहेको समयमा नागरिकता, फोटो र भएमा प्यान कार्ड फोटोकपी गरेर ६ स्टेपमा खाता खोल्न सकिनेछ । नागरिकताको सट्टामा चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा पासपार्टको फोटोकपीले पनि खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकको वेबसाइट एनआईसी एशिय बैंक डट कमबाट स्टेप १ मा व्यक्तिगत जानकारी, स्टेप २ मा ठेगानाको जानकारी, स्टेप ३ मा व्यवसायीक जानकारी, स्टेप ४ डिक्लेरेसन, स्टेप ५ मा डकुमेन्टहरु अपलोड गर्ने र स्टेप ६ मा केवाईसी भेरिफिकेसन गरेर दाता खोल्न सकिने बैंकले जनाएको छ ।

अनलाइनबाट खाता खोलिसकेपछि केवाइसी भेरिफिकेसनको लागी बैंकको वेबसाइटको ट्युटोरियलमा गएर भिडियो केवाइसी कसरी गर्ने भन्ने विस्तृत रुपमा उल्लेख गरेको पनि बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकको मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतामाझ सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी