Skip to content
LAXMI SUNRISE BANK

चीनको ‘आउटबाउन्ड’ गन्तव्य सूचीमा नेपाल पर्दा सुरक्षामा बढ्नसक्छ खतरा, पर्यटकका नामका ‘तस्कर’लाई रोक्ने चुनौती !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय नेपालमा चिनियाँ नागरिकले गर्ने अपराधिक क्रियाकलाप बढ्ने गरेको पाइएको छ । कहिले बैंक ह्याक गर्ने त कहिले नेपालका कलिला किशोरीहरुलाई जवर्जस्ती करणी गरेको आरोपमा यस अघि चिनियाँहरु पक्राउ परिसकेका छन् । अझ पछिल्लो समय त नेपालमा जागिरका लागि भनेर परिक्षा नै लिने र पछि विभिन्न मुलुकमा लगेर बन्धक बनाउने गरेका घटना पनि बाहिरिएका छन् ।

नेपालमा बिजनेश भिसा वा पर्यटक भिसामा आउने अनि यस्ता गतिविधिमा संलग्न हुने चिनियाँ नागरिकको संख्या बढीरहेका बेला अव नेपालमा खुलेआम चिनियाँ पर्यटकहरु भित्रने भएपछि देशले पनि सुरक्षा स्थितिलाई थप मजबुत बनाउनुपर्ने देखिएको छ ।
चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई समेत सूचीकृत गरेको छ । यसको अर्थ अव चिनियाँ नागरिकहरु नेपालमा निर्वाद घुम्न आउन पाउँछन् । यसले नेपालको पर्यटनमा केहि टेवा पुर्याउने भए पनि सुरक्षा स्थिति भने खतरामा हुन सक्नेतर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

इतिहास नै हेर्ने हो भने पनि, नेपालमा कोभिड–१९ को संक्रमण हुनु अगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक नेपाल आएका थिए । तर अपराधका घटनामा त्यसपछि देखिएका चिनियाँ नागरिकको संलग्नताले पनि नेपालमा हुने आपराधिक क्रियाकलाप र त्यसमा पनि कर्पोरेट क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा चिनियाँहरुको संलग्नता ठुलो रहेको पाइन्छ ।

अझ खास कुरा त के छ भने, नेपालमा जुन कामका लागि धेरै पर्यटकहरु आउने गरेका छन्, त्यहि काममा चिनियाँहरुको खासै रुची छैन । नेपालमा पदयात्राका लागि थुप्रै विदेशी आउने भए पनि चिनियाँहरु पनि यस्तो यात्रामा खासै रुची राख्दैनन् ।
अझ चिनियाँ पर्यटक आउँदा पनि धेरैजसो चिनियाँ नागरिकले प्याकेज बनाएर नेपाल आउने र नेपालमा थप खर्च नगर्ने गरेका छन् । उनीहरुले नेपालमा कुनै सेवा लिँदा पनि चिनियाँ एजेन्टमार्फत लिने र त्यसको भुक्तानी पनि चिनियाँ गेटवेबाट नै गर्ने हुनाले चिनियाँ नागरिक नेपाल आउँदा पनि नेपाली पर्यटनको अपेक्षित बिकास हुने गरेको छैन । तर ठिक यहि बेला चिनियाँहरु नेपाल आउँदा पर्यटकका नाममा वा बिजनेश भिसाका नाममा हुने अपराधिक क्रियाकलाप नेपालका लागि पनि चुनौतिको विषय बन्ने गरेको छ । यस विषयमा सरकारको ध्यान जान जरुरी देखिन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK