काठमाडौं । पछिल्लो समय खाना पकाउने ग्याँसको खपत निरन्तर घट्दो छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतिय चुलो प्रयोग गर्नेहरु बढेसँगै खाना पकाउने एलपी ग्याँसको खपत घटेको हो ।
नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म तीन लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा दुई लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँसमात्रै खपत भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो ।
यसभन्दा अघिल्ला वर्षहरुमा खाना पकाउने ग्याँसको खपत निरन्तर बढीरहेको भए पनि यसवर्ष भने खपत घटेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ग्याँसको खपत घटेको हुनसक्ने निगममा सहप्रवक्ता पुष्कर कार्कीले बताएका छन् । ‘ग्याँसको खपत चालु आर्थिक वर्षको सुरुदेखि नै घटेको हो । जसका पछाडी थुप्रै कारण छन् तर मुख्य भनेकै पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि नै हो ।’, उनले भने, ‘मूल्य वृद्धिकै कारण पछिल्लो समय विद्युतीय सवारी साधन चढ्नेहरु बढेजस्तै अहिले ग्याँसको विकल्पका रुपमा इन्डक्सन चुलो प्रयोग गर्नेहरु बढेका छन् । यही कारण खाना पकाउने ग्याँसको खपत घटेको हो ।’
निगमले गत आर्थिक वर्षको साउन महिनामा ३८ हजार मेट्रिक टन ग्याँस आयात भएकोमा यस वर्ष साउन महिनामा ४१ हजार ४ सय ७० मेट्रिकटन एलपीजी ग्याँस आयात भएको छ । भदौ, असोज, कार्त्तितक मंसीर र पुस महिनामा अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा ग्याँस आयात घटेको छ । अघिल्लो वर्ष भदौ महिनामा ४४ हजार ९१० मेट्रिक टन आयात भएकोमा चालु आवको भदौमा झन्डै २५ मेट्रिक टनले कमी भएर ४२ हजार ४ सय २ मेट्रिकटन मात्रै ग्याँस आयात भएको निगमले जनाएको छ ।
निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्