काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै सुरु गरेको ‘ह्याप्पी आवर रिलोडेड’ क्याम्पेनमा पछिल्लो समय सहभागी हुनेहरुको संख्या ह्वात्तै बढेको छ । आफ्ना ग्राहकको दैनिकीलाई थप सहज, सहुलियत र बैंकिङ कारोबारसँग जोड्नका लागि बैंकले सुरु गरेको सो क्याम्पेनमा ग्राहकको सहभागित बढेको हो ।
यसो त पछिल्लो समय देशभर डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेगरी विभिन्न क्षेत्रमा बैंकले बृहत क्याम्पेन समेत चलाउँदै आउको छ । यसैबीच डिजिटल कारोबारप्रति ग्राहकको आकर्षण बढाउने गरी एनआईसी एशिया बैंकले हरेक पेमेन्टमा १५ प्रतिशत क्यासब्याक अफर सहित चलाएको ‘ह्याप्पी आवर रिलोडेड’ क्याम्पेन सुरु गरेसँगै यसप्रति ग्राहकको आकर्षण बढेको पाइएको हो ।
‘हामीले क्याम्पेन सुरु गरेसँगै यसमा सहभागि हुनेहरुको संख्या बढेको छ’, बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘जुन उद्धेश्यले बैंकले क्याम्पेन चलाएको थियो सोही अनुसार उपलब्धि पनि हासिल हुँदै गएको छ । प्रत्येक हप्ता क्याम्पेनमा ग्राहकको सहभागिता आकर्षक देखिँदै आएको छ ।’
क्याम्पेनमा कसरी सहभागी हुने ?
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दैै सुरु गरेको ‘ह्याप्पी आवर रिलोडेड’ क्याम्पेन हरेक शुक्रबार साँझ ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालन हुन्छ ।
क्याम्पेनमा सहभागी हुनेहरुले बैंकले ल्याएको १५ प्रतिशत क्यास ब्याक अफर पाउनका लागि एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप्लिकेशन एनआईसी एशिया मोबैंक को प्रयोग गर्नुपर्नेछ ।
यसरी एनआईसी एशिया बैंकको मोबैंकको प्रयोग गरी ग्राहकले पेमेन्ट गर्दा पेमेन्टको १५ प्रतिशत क्यासब्याक पाउन सक्नेछन् ।
कुन-कुन क्षेत्रमा भुक्तानी गर्दा क्यासब्याक पाइन्छ ?
बैंकले सुरु गरेको उक्त ‘ह्याप्पी आवर रिलोडेड’ क्याम्पेनमा ग्राहकहरुले उपयोगिता भुक्तानी एनईए, एयरलाइन्स, इन्टरनेट बिल (आईएसपी), पानी आपूर्ति, टिभी नेटवर्क र बीमाको प्रिमियम तिर्दा मात्रै छुट पाउने बैंकले जनाएको छ । बैंकका अनुसार क्याम्पेन अवधि समाप्त भएको १५ दिनभित्र प्राप्त हुने क्यासब्याक क्रेडिट गरिनेछ ।
एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतामाझ सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।