×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ कम्पनीको ‘व्यापार स्वार्थ’मा मर्स्याङ्दीको दोहन, नियामक किन मौन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चिनियाँ कम्पनीको ‘व्यापार स्वार्थ’मा मर्स्याङ्दीको दोहन, नियामक किन मौन ?

Artha Sarokar

८ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनियाँ कम्पनीको ‘व्यापार स्वार्थ’का कारण गोरखा र तनहुँको सिमानामा पर्ने मर्स्याङ्दी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन् भईरहेको छ । मस्र्याङ्दी नदीको बीच भागबाट बहाव नै परिर्वतन हुने गरी एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैध उत्खनन् भईरहेको स्थानीयले बताएका छन् ।

गोरखा नगरपालिका वडा नम्बर १४ को शाहघाटमा १ लाख ४३ हजार ४६ घन फिट नदीजन्य पदार्थ उत्खनन् गर्नेगरी सुजन छिम्केश्वरी निर्माण सेवाले जिम्मा लिएको छ । उत्दनन्मा प्रयोग भईरहेका तीनवटा एक्साभेटरले नदीभित्रैबाट बालुवा, गिट्टी र ढुँगाको अवैध उत्खनन् गरिरहेका छन । संकलन गरिएको निर्माण सामग्री तनहुँतर्फ घाटगद्दी गरिएको छ । भैंसेटारमा ८६ हजार पाँच सय ९४ घनफिट नदीजन्य सामग्री संकलनको जिम्मा छिम्केश्वरी निर्माण सेवाले लिएको छ ।

उत्खनन्को जिम्मा पाएका यी दुवै कम्पनीले नदीजन्य पदार्थको अवैध रुपमा उत्तखनन् गरी उक्त सामग्री चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीलाई बिक्री गर्ने गरी संकलन गरिरहेका छन् । चाइना कम्युनिकेसन कन्ट्रक्सनले आँबुखैरेनी-पोखरा सडकखण्ड विस्तारसहित कालोपत्रेको जिम्मा पाएको छ । यसरी नदीभित्रैबाट उत्खनन् गर्नु कानुन विपरित भए पनि उक्त कार्यप्रति नियामक निकाय भने मुकदर्शन बनेको स्थानीयको आरोप छ ।

पछिल्लो तीन दिनेदेखि लगातार नदीभित्रैबाट अवैध रुपमा उत्खनन् भईरहँदा पनि नियामक निकाय मौन रहेको विषयमा भने गोरखा नगरपालिकाको तर्क फरक छ । तीन वटा एक्साभेटर प्रयोग गरेर मस्याङ्दी नदीमा अवैध रुपमा उत्खनन् भईरहेको स्पष्ट छ । तर, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले भने कानुनविपरीत उत्खनन भएको भए अनुगमन गरेर कारबाही गर्ने बताएका छन् । ‘अहिलेसम्म त्यस्तो खबर छैन । त्यस्तो भएको रहेछ भने टोली पठाएर अनुगमन गर्न लगाउछौँ ।’, उनले भने, ‘वातवरणीय प्रभाव मूल्यांकन रिपोर्टभन्दा बाहिर गएर काम गर्न पाईदैन, त्यसो भएको पाइए कार्वाही गर्छौं ।’

यता आँबुखैरेनी गाउँपालिका र पालुङटार नगरपालिकाले भने सिधै निर्माणको जिम्मा पाएको चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीलाई नदीजन्य पदार्थ बिक्री गरेका छन् । आँबुखैरेनी गाउँपालिकाले ४५ हजार घनमिटर बिक्री गरिसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताएका छन् ।

त्यस्तै, चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीले नदीजन्य पदार्थ संकलन गर्दा पानीको बहावबाटै उत्खनन गर्ने गरेको पाइएको छ । स्थानीयका अनुासर उक्त कम्पनीले एक्साभेटर लगाएर नदीबाटै उत्खनन गर्दै आएको छ । वातावरणीय प्रभाव मूल्यांकनले नदीभित्रैबाट उत्खनन गर्नु कानुनविपरित कार्य ठहर गरेको छ । तर, चिनियाँ कम्पनीले नदीभित्रैबाट अवैध उत्खनन् गर्दा पनि सम्बन्धित निकाय भने मौन नै देखिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी