×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको ‘आईभिआर बैंकिङ सेवा’, जहाँ ‘एसएमएस’ र ‘मिस्डकल’बाटै ग्राहकले पाउन सक्छन् खाताबारे जानकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशियाको ‘आईभिआर बैंकिङ सेवा’, जहाँ ‘एसएमएस’ र ‘मिस्डकल’बाटै ग्राहकले पाउन सक्छन् खाताबारे जानकारी

Artha Sarokar

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय प्रविधिको विकाससँगै नेपाली बैंकिङ क्षेत्र पनि दिनप्रतिदिन सहज र ग्राहकमुखी बन्दै गएको छ । तुलनात्मक रुपमा विगतको भन्दा कयौँ गुणा डिजिटलाईज भएका बैंकिङ सेवालाई अझै नविनतम प्रविधिसँग जोड्न प्रयासरत छन् धेरै बैंकहरु । यसैबीच नेपाली बैकिङ क्षेत्रकै अब्बल दाबी गर्ने एनआईसी एशिया बैंकले ल्याएको आईभिआर बैंकिङ सेवा अहिले लोकप्रिय बन्दै गएको छ । आफ्नो खाताको सामान्य जानकारीका लागि पनि बैंकसम्म पुग्नुपर्ने बाध्यतालाई चिर्दै एनआईसी एशियाले सुरु गरेको आईभिआर सेवाको प्रयोग पछिल्ला दिनमा ह्वात्तै बढेको पाइएको हो ।

‘आईभिआर बैंकिङबाट ग्राहकले फोनबाटै आफ्नो खाताको सम्पूर्ण गैर संवेदनशील जानकारी लिन सक्छन्’, बैंकका एक कर्मचारीले भने, ‘जसले पनि, जहाँ पनि अनि जतिबेला पनि सहज रुपमा प्रयोग गर्न सक्ने भएकोले पनि पछिल्ला दिनमा आईभिआर बैंकिङ सेवा लिनेहरुको संख्या बढेको छ ।’ आईभिआर एक स्वचालित टेलिफोन प्रविधि हो जसले ग्राहकसँग अन्तरक्रिया गर्छ र अनुरोध गरिएको बैंकिङ सेवाहरु प्रदान गर्दछ । आईभिआर बैंकिङ पूर्ण स्वचालित र निःशुल्क (दूरसंचार शुल्क बाहेक) सेवा हो ।

आईभिआरको प्रयोगले बैंकिङ सेवासँग थप नजिक भएको एक ग्राहकको भनाई छ । ‘पढेलेखेका र स्मार्टफोन चलाउनेहरुलाई त खाताको जानकारीका लागि धेरै अफ्ठ्यारो नहोला तर सामान्य दैनिकीका नागरिकलाई यो सेवाले ठूलो राहत मिलेको छ’, ती ग्राहकले भने, ‘खातामा ब्यालेन्स, पहिलो तीन कारोबारको विवरण फोन कलबाटै थाहा पाउन सकिने भएपछि सहज भएको छ ।’

कसरी प्रयोग गर्ने ?

एनआईसी एशिया बैंकको आईभिआर बैंकिङ सेवा लिनका लागि सबैभन्दा पहिला ग्राहकले आफ्नो खाता नम्बर आईभिआर बैंकिङमा दर्ता गर्नुपर्छ । नम्बर दर्ता भईसकेपछि ग्राहकले फोन मार्फत नै आफ्नो खाताको बारेमा जानकारी लिन सक्नेछन् । जसका लागि ग्राहकले आफ्नो नाम दर्ता गरिएको मोबाइल नम्बरबाट एनआईसी एशिया बैंकको आईभिआर नम्बर (०१–५९७०१००) मा डायर गरेर एनआईसी एशिया बैंकको आईभिआर बैंकिङ सेवाहरु लिन सकिन्छ । तर, ग्राहकले आफ्नो आईभिआर पिन भने आफुसँग सुरक्षित राख्नुपर्ने हुन्छ ।

कसरी दर्ता गर्ने ?
एनआईसी एशिया बैंकमा अल्फा न्यूमेरिक खाता नम्बर भएका ग्राहकहरुले बैंकको आईभिआर बैंकिङ सेवामा आफ्नो नम्बर एसएमएस वा फोन कलबाट दर्ता गराउन सकिन्छ । जसका लागि ग्राहकले टाईप गरी ३४४८८ मा एसएमएस पठाउनुपर्छ ।

त्यस्तै, न्यूमेरिक खाता नम्बर भएका ग्राहकले भने फोन कलबाटै पनि आईभिआर बैंकिङ सेवामा आफ्नो नम्बर दर्ता गराउने सक्नेछन् । जसको लागि ग्राहकले एनआईसी एशिया बैंकको आईभिआर नम्बर ०१–५९७०१०० मा फोन गर्नुपर्छ । त्यसपछि स्वचालित टेलिफोन सेवाको निर्देशन अनुसार प्रक्रिया पुरा गरेर एनआईसी एशिया बैंकको आईभिआर बैंकिङ सेवामा आफ्नो नम्बर दर्ता गर्न सकिनेछ ।
न्यूमेरिक खाता नम्बर भएका ग्राहकहरुले नम्बर दर्ताको लागि एसएमएसको समेत प्रयोग गर्न सक्नेछन् । जसको लागि ग्राहकले आफ्नो मोबाइलमा टाईप गरी ३४४८८ मा म्यासेज पठाउनुपर्छ ।

मिस्डकलबाटै खाताबारे जानकारी
यसो त एनआईसी एशिया बैंकले आईभिआर बैंकिङ सेवामार्फत ग्राहकलाई खाताको जानकारी दिने गरी सेवा सुरु गरेको छ । योसँगै एनआईसी एशिया बैंकले मिस्डकलबाटै खाता ब्यालेन्स, मिनी स्टेटमेन्ट र विभिन्न थप जानकारी लिन सकिने गरी ‘मिस्ड कल बैंकिंङ सेवा’ समेत सुरु गरिसकेको छ ।

आफ्ना ग्राहकहरुलाई थप प्रविधिमैत्री सेवाहरु उपलब्ध गराउने उद्धेश्यले एनआईसी एशिया बैंकले ‘मिस्ड कल बैंकिङ सेवा’ सुरु गरेको हो । यो सँगै ग्राहकहरुले आफ्नो बैंकिङ विवरणहरु मिस्ड कल दिएर सजिलै प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत ग्राहकले खातामा ब्यालेन्स बुझ्नका लागि ९८०१२२७७३३, मिनी स्टेटमेन्टका लागि ९८०१२२७७४४ र कल ब्याक सर्भिसका लागि ९८०१२२७७५५ नम्बर उपलब्ध गराएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी