×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकप्रिय बन्यो एनआईसी एशिया बैंकको ‘सर्बव्यापी मोबाइल वालेट’, कस्ता छन् सुविधा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लोकप्रिय बन्यो एनआईसी एशिया बैंकको ‘सर्बव्यापी मोबाइल वालेट’, कस्ता छन् सुविधा ?

Artha Sarokar

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय नागरिकको दैनिकीमा ‘मोबाइल वालेट’को प्रयोग बढ्दो छ । नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने गरी विभिन्न वालेटहरु प्रयोगमा ल्याइएका छन् ।
यसैबीच नेपाली बैंकिङ क्षेत्रमा नम्बर १ दाबी गर्ने एनआईसी एशिया बैंकले आकर्षक अफरसँगै ल्याएको सर्वव्यापी ‘मोबाइल वालेट’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बैंकले आफ्ना ग्राहकमात्रै नभएर अन्य बैंकका ग्राहकले समेत प्रयोग गर्न मिल्ने गरी वालेटको सेवा सुरु गरेसँगै यसको लोकप्रियता बढेको पाइएको हो ।

बैंकको यस वालेटमा जुनसुकै बैंकका ग्राहकले पनि सहभागिता जनाउन सक्ने र चलाउन सहज भएकाले पनि यसको लोकप्रियता बढेको बैंकले जनाएको छ ।

कसरी प्रयोग गर्ने ?
एनआईसी एशिया बैंकको सो वालेटमा सहभागिता जनाउनका लागि ग्राहकले सबैभन्दा पहिला एनआईसी एशिया बैंकको मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्छ । त्यसपछि सो एप्लिेकेशनमा दिईएको निर्देशन अनुसार रजिष्ट्रेशन गरी जुनसुकै बेला पनि बैंकको सो वालेट प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

देशभर यस्तो छ बैंकको सेवा विस्तारको अवस्था !
एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतामाझ सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

हाल बैंकले १६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटिएम मेशिन तथा ५१८ वटा एइक् मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको तथा यस्ता योजनाहरुबाट ग्राहकवर्गहरूलाई आगामी दिनमा थप सुविधा प्रदान गर्दै लैजाने नीति बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी