काठमाडौं । बैंक तथा वित्तीय संस्था ग्राहकको बचतको मात्र होइन कर्जाको पनि सारथी हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु नागरिकको दैनिकीका सहयात्री बनेका छन् । यसैबीच एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै कर्जा प्रवाहमा थप सहज पहुँचको व्यवस्था गरेको छ ।
पछिल्ला दिन नविनतम् प्रविधि र ग्राहकलक्षित सेवा विस्तार गर्दै गईरहेको एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया फोनलोन’ सेवा सुरु गरेको छ । बैंकबाट कर्जा लिनका लागि बैंकसम्मै पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै आफ्ना ग्राहकहरुको सहजताका लागि बैंकले यो सेवाको सुरुवात गरेको हो । जसअन्तर्गत ग्राहकले बैंकको मोबाइल एप्लिकेशनमार्फत नै बैंकबाट पूर्व स्वीकृत कर्जाको लाभ लिन सक्नेछन् ।
बैंकका अनुसार यो सेवाको सुरुवात भएसँगै अधिकतम २ लाखसम्मको पूर्व स्वीकृत कर्जाका लागि बैंकमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘हामीले यो सेवा हाम्रा ग्राहकलाई नै सहज होस् भनि सुरु गरेका हौँ ।’ बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘यो सेवा सुरु भएसँगै अधिकतम २ लाखसम्मको पूर्व स्वीकृत कर्जाका लागि बैंक पुग्ने ग्राहकको संख्या घटेको छ । कम खर्चिलो र सहज भएर होला, यो सेवाप्रति ग्राहकको चासो पनि बढ्दो छ ।’
बैंकका अनुसार यो सेवा अन्तर्गत ग्राहकहरुले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । ‘एनआइसी एशिया फोनलोन’ सेवा अन्तर्गत ग्राहकहरुले बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार तथा बैंकमा अन्य कुनै पनि कर्जा नरहेको लगायत अन्य केही मापदण्डका आधारमा कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यसका अतिरिक्त बैंकको मोबाइल एपले स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता पुगेको वा नपुगेको भन्ने मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको जाँच गर्छ र कर्जा लिन योग्य ग्राहकहरुले एनआईसी एशिया मोबैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।
यदी बैंकको मोबाइल एपमा कर्जा लिन योग्य देखिएमा ग्राहकले एपमा देखिने ‘एनआईसी एशिया फोनलोन’ आइकनमा क्लिक गरी आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन् ।
पछिल्लो समय डिजिटल बैंकिङ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढेको एनआईसी एशिया बैंकले धेरैभन्दा धेरै ग्राहकलाई डिजिटल बैंकिङ कारोबारसँग जोड्ने हेतुले ‘एनआईसी एशिया फोनलोन’ सेवाको योजना अघि सारेको बैंकको भनाई छ । सोही अनुसार बैंकले आफ्नो ‘एनआईसी एशिया मोबैंक’मार्फत ग्राहकलक्षित विभिन्न सुविधाहरु सुरु गरिसकेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसीरएनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।
एनआईसी एशिया बैंकको मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतामाझ सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्