Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंक र पल्पसा प्याराडाइज होमबीच समझदारी

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पल्पसा प्याराडाइज होम प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK