×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टोपबहादुर प्रकरणमा ‘बाघ’ बनेका नारायणकाजी ‘स्याल’ बन्ने खतरा, रविको जस्तो हिम्मत देखिएन (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टोपबहादुर प्रकरणमा ‘बाघ’ बनेका नारायणकाजी ‘स्याल’ बन्ने खतरा, रविको जस्तो हिम्मत देखिएन (भिडियो ब्रिफिङ)

Artha Sarokar

२५ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौं ।  यसपटक चुनावमा देशभर घण्टी किन बज्यो ? के काँग्रेस, के एमाले, के माओवादी, के राप्रपा, के समाजवादी, के अरुवादी, सबैले झ्याम झ्याम घण्टीमा छाप किन हाले ? किन रवि ठुलो मतान्तरले चितवनमा दुवैपटक बिजयी भए ? सारा राज्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका विरुद्ध लाग्दा पनि किन रास्वपाको सानदार जित भयो? यी प्रश्नको जवाफ खोज्न पछिल्लो रायमाझी प्रकरण र रास्वपाको ढाका कुमार श्रेष्ठ प्रकरण हेरे पुग्छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि ढाका कुमार श्रेष्ठलाई ७२ घण्टाभित्र कारवाही भयो । उनले पैसा मागेका मात्र थिए, लिएको प्रमाण फेला परिसकेको थिएन । तर नो भनेपछि नो भन्ने शैलीमा रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गर्यो, तर यता कुरा गरेको मात्र होइन, नक्कली भुटानी सरणार्थीसँग पैसा असुल गरेको अभियोगमा प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि टोपबहादुरलाई पक्राउ गरेको औपचारिक घोषणा नेपालको सुरक्षा संयन्त्रले गर्न सकेको छैन । टोपबहादुरलाई जोगाउन शक्तिकेन्द्रबीच जुहारी चलिरहेको छ, पूर्वप्रधानमन्त्री बडो गर्वका साथ भनिरहेका छन्– ‘उहाँ भाग्ने मान्छे होइन’, जबकि टोप बहादुर विधिबाट, कानुनी सिष्टमबाट भागेको भाग्यै छन् ।

पार्टीकै संरक्षणमा टोपबहादुर
अझ लाजमर्दो कुरा त के छ भने, टोपबहादुर प्रहरी सम्पर्कमै छन् । उनी सम्पर्कमा छैनन् भनेर लाचारी देखाउने आँट प्रहरीसँग छैन । यतिबेला प्रहरी हिरासतमा हुनुपर्ने टोपबहादुर कानुनी सिष्टमबाट भागेर टाप कसिरहेका छन्, फोन अफ गरेर आनन्दसँग पार्टीकै संरक्षणमा बसीरहेका छन् । बुझ्न अलिकति पनि गाह्रो छैन– उनी निकै गर्वका साथ, शक्तिकेन्द्रले उनलाई बचाउन गरिरहेको पावरको दुरुपयोग हेरेर प्रहरीको औपचारिक नजरमा लुकेर र आन्तरिक रुपमा गज्जबसँग आरामले सुतिरहेका छन् । यसले राज्यको सुरक्षा संयन्त्रमाथि मात्र प्रश्न उठेको छैन, अव यो केस राजनीतिक सौदाबाजीमा टुंगिन्छ भन्ने शंका गर्ने ठाउँ प्रशस्तै देखिन्छ । टोपबहादुरको पार्टी नेकपा एमालेका अध्यक्षले तारान्तार प्रधानमन्त्री भेट्नु, यस विषयमा गम्भीर चासो राख्नुले यो शंकालाई बल दिएको छ ।

यदी यो केस रवि लामिछाने नेतृत्वको रास्वपाका नेताको हकमा भईदिएको भए, रविले ढुक्कले, दायाँ बायाँ नसोची कानुनलाई सहयोग गर्थे, तर यहाँ त एउटा अभियुक्त फरार छ, बालुवाटारमा त्यहि फरार अभियुक्तलाई कसरी जोगाउने कि नजोगाउने विषयमा छलफल छ । प्रष्ट भन्दा कानुनभन्दा माथि हुने वा रहने दुष्प्रयास भईरहेको छ राजनीतिक तहमा । र बाघ गर्जेजसरी गर्जेका नारायाणकाजी श्रेष्ठ भिजेको स्यालजस्तो हुने सम्भावना बढेको छ । सकेसम्म टोपबहादुरलाई पक्राउ नै नगर्ने, गरे पनि सुटुक्क, अदालतमा पेश गर्नेजस्तो देखिएको छ । अझ टोपबहादुरलाई लुकाएको एमालेले यो प्रकरणका अन्य अभियुक्तलाई पनि जोगाउने पहल गर्ला भन्ने पीर भएको छ । यी नेताहरु यसै गर्छन्, यी पार्टीहरु यस्तै हुन्, हो यहि भनेर जनताले यसपाली सूर्यलाई हेरेनन्, रुखलाई चिनेनन्, खिया लागिसकेको हँसिया हतौडामा त हातै लगेनन्, बरु झ्याम झ्याम घन्टीमा भोट हाले, र जिताए ।

कानुन भन्दा ठूलो नेता हुन् ?
अव यो प्रकरणका केहि अन्तरकुन्तर केलाउँ । सुरुमा बडो आत्मविश्वासका साथ टोपबहादुर आफुलाई पक्राउ पूर्जी जारी भएको बारे थाहा नभएको र यसमा आफ्नो संलग्नता नभएको दाबी गरिरहेका थिए । तर यो दाबी उनले कानुनलाई सहयोग गर्दै प्रहरीको बयान हुँदै अदालतमा गर्नुपथ्र्यो । तर, उनी त भागे । भागेनन् मात्र, आफुलाई जोगाउन ठुला नेताहरुलाई परिचालन गरे । आफ्नो कर्तुत लुकाउन घटनालाई राजनीतिकरण गरे । आफु अनुकुलको राजनीतिक सेटिङ नहुन्जेलसम्म लुकेर बस्ने र सबै कुरा मिलेपछि सफाई पाएजसरी बाहिर निस्किने उनको प्लान छ भन्ने धेरैको बुझाई छ । यसले रायमाझीले उन्मुक्ति पाउने र देशमा कानुनभन्दा माथि नेताहरु माथि छन् भन्ने विषय जवरजस्त रुपमा स्थापित हुने डर बढेको छ ।

दोषी थिएनन् भने कि भागे टोपबहादुर ?
यदी रायमाझी दोषी थिएनन् भने उनी लुक्नु पर्दैनथियो । किनकि अभियोग लाग्नुमात्र अपराधी ठहर हुनु होइन । तर भाग्नु, लुक्नु भने कानुनमाथिको धज्जी हो, अझ प्रहरीलाई कहाँ छन् टोपबहादुर भन्ने थाहा हुँदाहुँदै पनि पक्राउ नगर्नु भनेको प्रहरी संयन्त्रमाथि कुन हदसम्मको राजनीतिक दबदबा छ भन्ने तथ्यको प्रमाण हो । कानुन बनाउन जनताले चुनेका र त्यहि कानुनको हवाला दिंदै राज्यमा मन्त्रीसमेत भईसकेका व्यक्तिले न्याय प्रणालीमाथि गरेको यो अविश्वासले अव रायमाझी खास अर्थमा नेता रहेनन् भन्ने कोणबाट पनि विश्लेषण हुन थालिएको छ । टोपबाहादुरलाई नलाग्ने कानुन, के कानुन ? के जनतालाई मात्र लाग्नुपर्ने कानुन ? अघिल्लो दिन फाईफुर्तीका साथ सभामुखसँगै वा अझ प्रहरी सुरक्षामै रहेका टोप बहादुरलाई पक्रन नसक्ने प्रहरी के प्रहरी ? के जनताको कठालो समात्नलाई मात्र हो प्रहरी ? टोप बहादुरलाई नलाग्ने विधि के विधि ? के जनताले मात्र मान्नुपर्ने हो विधिको जात्रैविधि शासन । टोप बहादुरको हातमा नेता भएकै कारण नलाग्ने हतकडी के हत्कडी ? के खेलाडीको हातमा मात्र लाग्नुपर्ने हो प्रहरीको हतकडी ? टोपबहादुर अभियोग लागेर पनि नाजानुपर्ने हिरासत कस्तो प्रहरी हिरासत ? के जनताले शासनको विरोध गर्दामात्र जानुपर्ने हो प्रहरी हिरासत ? यतिबेला जनता यीनै प्रश्नको जवाफ खोजिरहेका छन् ।

बाक्लियो ओली र प्रचण्डको भेट
लगभग बोलचाल नै बन्दप्रायःको स्थितिमा रहेका प्रचण्ड र केपी ओलीको भेटघाट बाक्लो छ । अहिले दिनदिने प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचमा बितेका ४ दिनमा २ पटक भेटवार्ता भयो । एउटा अभियुक्तको हातमा हतकडी लगाउनबाट जोगाउन यति धेरै भेटघाट आवश्यक थिए ? यदी होइन भने ति भेटका एजेण्डा के थिए ? यी प्रश्नको जवाफ ओपन सेक्रेट जस्तै छ । र अर्को ओपन सेक्रेट के पनि छ भने ओली रायमाझीलाई जोगाउन चाहन्छन् । फ्याट आईहाल्यो, कुरा उठीहाल्यो, रायमाझीलाई जोगाउँ, जनतासँग रहेको माओवादीप्रतिको भएको थोरै विश्वास पनि गुम्ने डर, रायमाझीलाई पक्राउ गरौँ, भोलि लडाकु घोटाला प्रकरणदेखि यहि प्रकरणमा आफ्नै साथीभाई वा उस्तै परे आफैं जाकिने डर । यहि दोधारका बीच सरकार, सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको जुहारी चलिरहेको छ । हो एउटा अपराधिक जालो खोज्ने प्रहरीको प्रयासमाथि भईरहेको राजनीतिक प्रवृतिविरुद्ध नै हो, देशभर घन्टीमा भोट हालेका जनताले ।

कुरा प्रष्ट छ, हाम्रो सिष्टम नै भ्रष्ट छ । कुरा प्रष्ट छ, हाम्रो राजनीति नै भ्रष्ट छ । कुरा झन् प्रष्ट छ, हाम्रा राजनीतिक संयन्त्र भ्रष्ट छन्, कुरा झन् बढी प्रष्ट छ, राजनीतिक संरक्षण नभएको भए टोपबहादुर अस्तिनै प्रहरी हिरासतमा हुन्थे । कुरा के पनि प्रष्ट छ भने यो प्रकरणलाई प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले क्यास गर्न खोजेका छन् । चाहे भने सक्छन् पनि । यो प्रकरणमा प्रचण्ड र नारायणकाजीले खुट्टा नकमाउने हो भने फेरी पनि जनताको मनमा माओवादीप्रतिको विश्वास बढ्नेछ । तर अहँ, यो केस निष्कर्मा पुग्ने सम्भावना निकै कम देख्न थालेका छन् धेरैले । यहि प्रकरणमा काजी र प्रचण्डले देखाउने लाचारीले नै उनीहरुलाई सिध्याउँदैछ र प्रचण्डको प्रधानमन्त्री पद र नारायणकाजीको गृहमन्त्री पद यो नै अन्तिम हो भन्नेहरु प्रशस्तै भेटिन थालेका छन् ।

अर्को तथ्यचाहिँके पनि हो भने, अव रायमाझीहरुलाई जोगाउन त्यति सहज भने छैन । प्रतिपक्षीमा रास्वपा छ । केहि एकाध भ्रष्टबाहेक रास्वपा आम जनताको हितमा काम गर्ने सांसदहरुको पार्टी बनिरहेको छ । रास्वपाले यो केसलाई प्रमुख रुपमा संसदमा उठाउनेछ । अझ रमाइलो कुरा त के छ भने, रायमाझीलाई जोगाउन खोजियो भने प्रतिपक्ष–प्रतिपक्ष नै झगडा गरेर बस्ने स्थिति देखिएको छ । अर्को महत्वपूर्ण कुरा भनेको विधिको शासन हो । हिजो महराहरुले सफाई पाए तर हिरासतमा त गए नि, आज टोपबहादुरहरुलाई जोगाउनुपर्ने कुनै कारण छैन । र त रवि लामिछाने भनिरहेका छन्– ‘सरकारको कामको हामी सम्मान गर्छौँ, तर यो प्रकरणमा देख्न बाँकी धेरै छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी