×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा नभएको चेक दिएर मिडियालाई गुमराहमा राख्दै एएनएस क्रिएसन, आन भन्छ- ‘लिखित उजुरी दिनुस्, कारवाही गर्छौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पैसा नभएको चेक दिएर मिडियालाई गुमराहमा राख्दै एएनएस क्रिएसन, आन भन्छ- ‘लिखित उजुरी दिनुस्, कारवाही गर्छौँ’

Artha Sarokar

२२ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समयमा क्लाइण्टबाट पैसा लिने तर मिडियालाई किस्ताकिस्तामा मात्र पैसा दिने बानीझैं परेको एएनएस क्रिएसनले पुन: पैसा नै नभएको चेक दिएर मिडियालाई गुमराहमा राखेको पाइएको छ । विज्ञापनवापतको भुक्तानी दिनुपर्ने रकम समयमा नदिने गरेको सो कम्पनीले दिएको चेकसमेत पैसा नभएर बैंकबाट फिर्ता आएपछि यतिबेला मिडिया संचालकहरु वाक्कदिक्क भएका छन् ।
यस्तै घटना सोमबार भएको छ । कम्पनीको एक क्लाइन्टको विज्ञापन गरेवापत कम्पनीले दिएको चेक पैसा नभएर फिर्ता मात्र भएको छैन, पैसा हालिदिईसक्यौँ, चेक पठाउन सक्नुहुन्छ भन्दैसमेत झुट बोलेर कम्पनीले दुख दिईरहेको पाइएको छ ।
घटनाबारे बुझ्न हामीले कम्पनीका अधिकारी देवेन्द्र कार्कीलाई फोन गरेका थियौँ । उनले आफुहरुले पैसा नभएको चेक दिएको स्वीकार्दै अव पैसा हालिसकिएको दाबी गरे । प्रचलित कानुन अनुसार पैसा नभएको चेक जानीजानी दिनुलाई कसुरजन्य कार्य मानिन्छ ।
यता नेपाल विज्ञापन एजेन्सी संघ (आन)का अध्यक्ष सोम धितालले भने यस्तो पैसा नभएको चेक कुनै पनि विज्ञापन एजेन्सीले दिएको खण्डमा आनमा उजुरी गर्न सकिने र उजुरी परे कारवाहीसमेत हुने बताएका छन् । ‘आनमा लिखित उजुरी दिनुस्, हामी कारवाही गर्छौं । कारवाहीमात्र होइन पैसा नै उठाईदिन्छौं ।’
स्मरण रहोस्, एएनएस क्रिएसन त्यहि कम्पनी हो, जो विज्ञापन चोरी गरेर बनाउने मामलामा देशमा राष्ट्रियस्तरमै बदनाम छ । यो कम्पनीले डिस होम लगायतका विभिन्न कम्पनीको विज्ञापन चोरी गरेर बनाएको पाइएपछि अहिले डिसहोमले सो कम्पनीको साथ नै छोडेको छ । यतिमात्र होइन, सो कम्पनी चलाउने संचालकले स्तुतीमार्टका लागि लिएको ऋण लिने क्रममा अडिट रिपोर्टमा छाप नै नभएको भन्दै एक फाइनान्स कम्पनीमा आन्तरिक लेखापरीक्षकले कैफियत देखाएका थिए ।
पछिल्लो समय डिस होम लगायतका ठुला क्लाइन्टले साथ छोडेपछी यतिबेला एएनएस क्रिएसन समस्यामा छ । एनसेलमा यहि कम्पनी अन्तिम ३को सूचीमा परे पनि कम्पनीको छवि विवादित भएको देखिएकोले के गर्ने भन्ने विषयमा एनसेलले समेत एएनएस क्रिएसनलाई काम दिने विषयमा फाइनल गर्न सकेको छैन । यो कम्पनीले मिडियासँग गर्ने करारमा पनि अपव्याख्या गर्न मिल्ने ठाउँहरु राख्ने र त्यसैलाई देखाएर पटक पटक दुख दिने काम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी