- भुमिदत्त तिवारी/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ ले भ्याकेन्सी खाली गराउन सुरु गरेको छ । वडा कार्यालयले वर्षौंदेखि अतिक्रमण गरिएका भ्याकेन्सी हटाउन सुरु गरेको हो ।
वडा कार्यालय र नगरपालिकाको अग्रसरतामा भ्याकेन्सी खाली गराउन सुरु गरेको वडा अध्यक्ष मान बहादुर विष्टले बताए । भ्याकेन्सी हटाउन वडाले सुरु गरिसकेको बताउँदै अध्यक्ष विष्टले आगामी दिनमा थप सशक्त भएर अतिक्रमण भएका जग्गा खाली गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वि.सं. २०३६ सालमा पुनर्वास कम्पनीले जग्गा वितरणका क्रममा छुट्याएको भ्याकेन्सी स्थानीयले झण्डै ३५ वर्षअघिदेखि अतिक्रमण गरेका थिए । भ्याकेन्सी खाली गराउन यसअघि पटक–पटक पहल गरिए पनि भ्याकेन्सी खाली गराउन सकिएको थिएन । तर, भ्याकेन्सी खाली गराउने कार्यमा वडा कार्यालयले अग्रसरता देखाएसँगै भ्याकेन्सी खाली गराउन थालिएको वडा सदस्य मान बहादुर खत्रीले बताएका छन् ।
वर्षौंदेखि अतिक्रमण गरिएका भ्याकेन्सी नगरपालिका, वडा कार्यालय, नगर प्रहरी, प्रहरी र सशस्त्र प्रहरीको रहोबरमा खाली गराउने कार्य भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्