Skip to content
LAXMI SUNRISE BANK

भारतीय राजदूतावासद्वारा ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुलबस हस्तान्तरण 

अर्थ सरोकार

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले आज नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुलबसका चाबी हस्तान्तरण गरे।

विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सो समारोहमा उपस्थिति थियो।

समारोहमा बोल्दै राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुलबसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए। सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ। त्यसयता भारतले अहिलेसम्म नाै सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ वटा स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको दूतावासले जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK